संखुवासभामा बाढी प्रकरण : १३ दिनपछि एकजनाको शव भेटियो,१९ अझै बेपत्ता
खाँदबारी : अविर वर्षासँगै असर २ गते राति आएको बाढीले हेवा खोलामा बेपत्तामध्ये एकजनाको शव अरुण नदी किनारमा फेला परेको छ । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए ।
चैनपुर नगरपालिका–११,दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको हो । शव जिल्ला अस्पताल खाँदबारीमा पोष्टर्माटमका लागि ल्याइएको सूचना अधिकारी खनालले बताए । उनले भने,‘पाँचखपन नगरपालिका ७ का ३३ वर्षीय भुवनसिं तामाङकी श्रीमतीले शव आफ्नो श्रीमानको भनेपनि पुष्टि हुन सकेको छैन। '
असर २ गते राति आएको बाढीमा बेपत्ता एका जिल्लाका विभिन्न स्थानका अझै १९ जना बेपत्ता छन् ।