ट्रकको ठक्करबाट मोरङमा अटो चालकको मृत्यु

ट्रकको ठक्करबाट मोरङमा अटो चालकको मृत्यु
दुर्घटनापछि प्रहरीले नियन्त्रणमा लिएको ट्रक । तस्बिर :अन्नपूर्ण

विराटनगर  : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा आइतबार बिहान ट्रकको ठक्करबाट अटो टेम्पोका चालकको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको ना ६ ख १३७२ नम्बरको ट्रकले पश्चिमतर्फ आउँदै गरेको को २ अ २२९३ नम्बरको अटोलाई बिहान ९:३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा अटोका चालक पथरीशनिश्चरे–२ का अन्दाजी ५५ वर्षीय भीमशरण तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनालगत्तै ट्रक र चालक झापाको बिर्तामोड नगरपालिका–४ का ४६ वर्षीय नेत्रप्रसाद मैनालीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको भण्डारीले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.