वडाध्यक्षले उपभोक्ताको साढे ६ लाख रुपैयाँ लिएर भागेको भन्दै प्रहरीमा उजुरी

वडाध्यक्षले उपभोक्ताको साढे ६ लाख रुपैयाँ लिएर भागेको भन्दै प्रहरीमा उजुरी
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ का वडा विनोदसिंह बिष्टलाई उपभोक्ता समितिको ६ लाख ५० हजार खोसेर लिएको आरोप लागेको छ। 

केही समयअघि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत उपसचिवलाई मुक्का हानेर चर्चामा आएका वडाध्यक्ष बिष्टलाई अहिले उपभोक्ताको पैसा खोसेर भागेको आरोप लागेको हो।

वीरेन्द्रनगर नगरपालिका-३ स्थित खोर्के खोलामा तटबन्ध गर्नका लागि ३० लाख बजेट थियो। 'तटबन्धको काम एक महिनाअघि सम्पन्न गरी उपभोक्ता समितिले रकम भुक्तानी लिएर कामदारहरूलाई वितरण गर्न बसिरहेका बेला वडा अध्यक्ष बिष्टसहित बलिराज शाही र सुशील गुरुङ रकम वितरण गर्न उपभोक्ता समितिको छलफल भएको ठाउँमा आए', उपभोक्ता समितिकी सदस्य दिपा खड्काले भनिन, बिहीबार दिउँसो २ बजेतिर उपभोक्ता समितिका पदाधिकारी सदस्यहरू छलफल गरिरहेकै स्थानबाट वडाध्यक्ष आफैंले ६ लाख ५० हजार रुपैयाँ राखेको ब्याग समातेर भागे। हामीले त्यहाँ रोक्न पनि सकेनौँ।' 

खोर्के खोला तटबन्धन योजनाका उपभोक्ता समितिहरूले ६ लाख ५० हजार लिएर भागेका वडा अध्यक्ष बिष्टका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी लक्ष्मणबहादुर शाहीले भने, 'वडा अध्यक्षले उपभोक्ता समितिको पैसा लिएर भागेको भनेर उजुरी प्राप्त भएको छ। हामीले त्यस विषयमा सत्यतथ्य के हो भनेर छलफलका लागि दुवै पक्षलाई बोलाएका छौँ। उहाँहरू आउनुभएको छैन। आएर छलफल भएपछि सत्यतथ्य केहो भन्ने विषयमा थाहा हुन्छ।'

वडाअध्यक्ष बिष्टले आफूले पैसा लिएको कुरा सत्य नभएको बताए। उनले भने, 'त्यहाँ निर्माण सामग्रीको रकम उपभोक्ता समितिका मान्छेहरूले नदिएको भनेर कुरा आएकाले छलफलका लागि गएको हुँ। तर मैले पैसा लिएर आएको होइन। म माथि गलत आरोप लगाउनेका बिरुद्ध उजुरी दिन्छु। बरु त्यो उपभोक्ता समितिकै मान्छेहरू मेरो घरमा पैसा दिने भनेर आएका थिए।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.