मुक्तिनाथमा भारतीयको धार्मिक यज्ञ ज्ञान सप्ताह शुभारम्भ

मुक्तिनाथमा भारतीयको धार्मिक यज्ञ ज्ञान सप्ताह शुभारम्भ

जोमसोम : हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा शुक्रबारदेखि  श्रीमद सत्सङ्ग भुषण ज्ञान यज्ञ शुभारम्भ भएको छ।

सप्ताहका लागि भारतीय जनता पार्टीका विधायक नानुभाई वानानीसहित तीन सय जना भारतीयहरू अहिले मुक्तिनाथ क्षेत्रमा एकत्रित भएको बताइएको छ।

मुक्तिनाथ क्षेत्रमा गरिएको श्रीमद सत्सर्गभुषण सप्ताह ज्ञान यज्ञको आयोजना निलकण्ठ ट्राभल गुजरात सुरतले गरेको हो। यसको सञ्चालकमा दीपक परभार र निमेश परभार रहेका छन्। 

सप्ताहको व्यवस्थापकीय जिम्मा नेपाली टोली अन्तर्गत नेविरा होलिटेज पोखरा कास्कीले लिएको कार्यक्रम सञ्चालक दिपक परभारले जानकारी दिए।

असार २२ गतेदेखि असार २९ गतेसम्म सञ्चालन हुने सप्ताह मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ पुराङ रानीपौवा स्थित पुराङ गाउँ सभाहलमा शुभारम्भ भएको सञ्चालक परभारले बताए।

धार्मिक सप्ताह कार्यक्रमको प्रमुख अतिथिका रुपमा भारतको बिएपीएस दिल्ली अक्षरधामबाट जसमत भाई डाँफो पनि टोलीसँगै मुक्तिनाथ आइपुगेका छन्।

यज्ञको प्रमुख वाचनकर्ताका रूपमा डा. प्रभुन्धरणदाश स्वामी रहेका छन् भने उनीसँगै अन्य स्वामीहरूमा गुरु दर्शनदाश स्वामी, पूर्ण पुष्पदाश स्वामी र कृष्णचरण दाश स्वामी रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.