आहा मुस्ताङ ! (फोटो फिचर)

आहा मुस्ताङ ! (फोटो फिचर)
सुन्नुहोस्

जोमसोम : हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक,सांस्कृतिक र प्राकृतिक सौन्दर्यता भरिपूर्ण छ। यहाँको प्राकृतिक सौन्दर्यता र विभिन्न खोज अनुसन्धानका लागि विदेश पर्यटक उपल्लो मुस्ताङ जाने गर्छन्।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ कागबेनी गाउँदेखि माथिको क्षेत्रलाई उपल्लो मुस्ताङ भन्ने गरिन्छ। यो क्षेत्र अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को निषेधित र नियन्त्रित क्षेत्रभित्र पर्छ। एक्यापलाई पर्यटन शुल्क तिरेर मुस्ताङ आएका विदेशी पर्यटकले नेपाल सरकार अध्यागन विभागलाई ५ सय डलर रोयल्टी शुल्क नबुझाएसम्म उपल्लो मुस्ताङ जान पाइँदैन। उपल्लो मुस्ताङ जान विदेश पर्यटकलाई १० दिनको प्रवेश आज्ञा अनुमति स्वरुप रोयल्टी बुझाउनुपर्ने हुन्छ। 

null

त्यसो त एक्यापले कागबेनी माथिको क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेपनि वारागुङ मुक्तिक्षेत्र-४ को छुसाङ गेटदेखिको माथिको क्षेत्रलाई उपल्लो मुस्ताङ भन्ने गरिएको छ। स्थानीय भाषामा उपल्लो मुस्ताङलाई लोछोदिन क्षेत्र भन्ने गरिन्छ। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरलानाका आसपासबाट बग्ने खोला र दामोदरकुण्ड नदी र बीचमा पर्ने चराङ र घमी खोलाको मिश्रण नदीलाई कालिगण्डकी नदी भन्ने गरिन्छ। 

मुस्ताङको छुसाङस्थित रातो रातो अग्लो पहाडको गल्छीबाट बग्ने कालिगण्डकी नदीको खोंचको दृष्यले त्यहाँ पुग्ने पर्यटक मोहित हुन्छ। छुसाङको मुस्ताङ गेट नजिकैको पहाड र चैले गाउँसँग जोडिएको पहाडमा प्वालै प्वाल देखिन्छ। यसप्रकारको पहाडको पुल कुनै कृतिम नभई यी पहाडका प्वालहरु प्राकृतिकरूपमा उत्पति भएको बताइन्छ। छुसाङको मुस्ताङ गेट नजिकैको मोटरेबल र र मुस्ताङ गेटको राताम्मे अग्ला पहाडको प्रोफाइलले पर्यटकलाई त्यहाँ पुग्दा टक्क रोकिन बाध्य गराइदिन्छ। 

null

ठूल्ठूला पहाड र ठूलो आकारमा फैलिएको कालिगण्डकी नदीको तटीय क्षेत्र झनै आर्कषर्ण देखिन्छन्। दिउँसो १२ बजे बेजोडको हावा चल्दा झनै फरक अनुभूति दिलाउँछ।
उपल्लो मुस्ताङतर्फ जाने पर्यटक जती जती माथि उक्लिन्छ उतीउतीनै फरक फरकका आश्चार्यलाग्दा भूगोल ठिङ्ग उभिँदा पर्यटकलाई झनै कौतुहलता जगाइदिन्छ। 
जोमसोम-कोरला सडकको नागबेली सडकमार्गले यात्रा झनै अविष्मरणीय गराइदिन्छ। मुस्ताङ गेट कटेपछि चैले गाउँ, चैले पछि समर र भेना हुँदै घिलिङ गाउँ पुगिन्छ। घिलिङ गाउँ च्यांग्रा र कृषिको प्रचुर सम्भावना भएको गाउँ हो। घिलिङ पछि ढाक्मर, चराङ हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुग्न सकिन्छ। ढाक्मरको राताम्मे पहाडको पनि ऐतिहासिक किवंदन्ती छ। पद्यसम्भव तिब्बत जाँदा मुस्ताङको ढाक्मर पहाडमा राक्षसको भुडी, आन्द्रा र रगत निकालेर पहाडमा मिल्काइएकाले ढाक्मर पहाड रातो भएको धार्मिक जनविश्वाश छ। 

null

पूर्वतर्फका हिमालको प्रोफाइलमा आश्चार्य लाग्दा कलात्मक भूगोल यहाँका मुख्य फरक विशेषता हो। पठार भूगोल, नाङ्गा डाँडाकाँढाको जियोलोजिकल भूगोलकै कारण नेपालको उपल्लो मुस्ताङ पृथक छ। वर्षेनि उपल्लो मुताङमा औसत १ हजार पर्यटकले भ्रमण गर्ने गर्छन्। पछिल्लो समय राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज हुन थालेपछि वर्षेनि सयौं आन्तरिक पर्यटक उपल्लो मुस्ताङ जाने गर्छन्।  

null

उपल्लो मुस्ताङको जियोलोजिकल भूगोल, धार्मिक कलासंस्कृति र गुम्बाहरू अवस्थित भएकाले उपल्लो मुस्ताङ पर्यटकीय हबको रूपमा विकास हुन थालेको हो। तर उपल्लो मुस्ताङमा चर्को पर्यटन रोयल्टी शुल्क कारण विशेष भीआइपी विदेशी पर्यटकबाहेक सामान्य स्तर विदेशी पर्यटक उपल्लो मुस्ताङ चाहेर पनि पुग्न सक्दैनन्।  

null

 

 

null

null

null

null

null

null

null

तस्बिर : सुन्दरकुमार थकाली


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.