कृषि मन्त्रालयमा किसान धर्नामा, ४ मन्त्रालयको काममा बाधा

कृषि मन्त्रालयमा किसान धर्नामा, ४ मन्त्रालयको काममा बाधा
सुन्नुहोस्

'उनीहरुले किसान मार्न पाइँदैन', 'हाम्रो माग पूरा गर', 'कृषि मन्त्री राजीनामा दे', 'किसान ठग्न पाइँदैन', 'किसानमारा मन्त्री चाहिंदैन', 'दूध उत्पादन अनुदान कायम गर' भन्दै नारा लगाएका छन्।

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा चितवनका किसानहरु मन्त्रालय गेट अगाडी धर्ना बसेका छन ।  चितवनको विभिन्न स्थानबाट ३० वटा साना तथा ठूलो सवारी साधनमा आएका करिब ५ सय जना  दुग्ध उत्पादन किसान प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको गेट अगाडि धर्ना बसेका हुन्।

'उनीहरुले किसान मार्न पाइँदैन', 'हाम्रो माग पूरा गर', 'कृषि मन्त्री राजीनामा दे', 'किसान ठग्न पाइँदैन', 'किसानमारा मन्त्री चाहिंदैन', 'दूध उत्पादन अनुदान कायम गर' भन्दै नारा लगाएका छन्।
 

प्रदेश सरकारले किसानहरुले दूध उत्पादन गरेबापत अनुदान दिंदै  आएको थियो । स्थानीय सरकारले पनि दूध उत्पादनको आधारमा किसानहरुलाई थप अनुदान दिंदै आएको छ  । स्थानीय सरकारले पनि दूधमा अनुदान दिएपछि प्रदेश सरकारले दिंदै आएको अनुदान रोकेको थियो ।

त्यसै सन्दर्भमा दुग्ध उत्पादन किसानहरुले प्रदेश सरकारले रोकेको रकम दिनुपर्ने भन्दै धर्ना बसेका हुन्।  किसानहरु गेट अगाडि धर्ना बस्दा एउटै भवनमा  रहेका ४ वटा मन्त्रालय खानेपानी तथा सिचाई मन्त्रालय, भौतिक पूर्वधार विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र कृषि मन्त्रालय अहिले अस्तव्यस्त रहेको  छ । 

मन्त्रालय अगाडिको गेट लगाइएको छ भने मन्त्रालयका कर्मचारीसमेत भित्र प्रवेश गर्न पाएका छैनन्। साथै मन्त्रालय अगाडि प्रहरी तैनाथ गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.