उपभोक्ताको पैसा खोस्ने वडाध्यक्ष पक्राउ

उपभोक्ताको पैसा खोस्ने वडाध्यक्ष पक्राउ
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्ष विनोद सिंह विष्ट पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रसिंह थापाले उपभोक्ता समितिको पैसा खोसेको आरोपमा किटानी जाहेरी आएपछि वडाध्यक्ष विष्टलाई आइतबार दिउँसो प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो। 

जाहेरीका आधारमा शुक्रबार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। 

उनी केही समय अगाडि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए। 

उनले उपभोक्ताको पैसा खोसेको आरोपका विषयमा समाचार लेख्ने पत्रकारहरूलाई पनि धम्की दिएका थिए। खोर्के खोला तटबन्धन योजनाका उपभोक्ता समितिहरूले ६ लाख ५० हजार लिएर भागेका वडाध्यक्ष बिष्टसहित तीन जनाका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। 

यता वीरेन्द्रनगर नगरपालिका-३ का आरोपित वडाध्यक्ष बिष्टले आफूलाई पैसा लिएको कुरा सत्य नभएको दाबी गर्दै आएका छन्। तर त्यसै घटनामा शुक्रबार पक्राउ परेका वडाध्यक्षका साथीहरू सुशील गुरुङ र बलिराज शाहीले उपभोक्ताबाट खोसेको पैसामा तीन जनालाई भाग लगाएको स्वीकार गरिसकेको प्रहरी स्रोतले भन्यो। 

स्रोतका अनुसार उपभोक्ताको झोलाबाट खोसेको ६ लाख ५० हजारमा २ लाख वडाध्यक्षको भाग लगाएको र बाँकी ४ लाख ५० हजार सुनील र बलिराजले भाग गरेका छन्। 

सुर्खेत प्रहरी प्रमुख थापाले भने, 'तीनै जनाका विरुद्ध ६ लाख ५० हजार रुपैयाँ खोसेर लिएको आरोप छ। त्यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.