लहानमा अख्तियारको छापा: एक लाख घुससहित लेखा अधिकृत पक्राउ

सिरहा : सडक डिभिजन लहान कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासको टोलीले मंगलबार दिउँसो ५ बजे छापा मारेको छ।
एक लाख घुस रकमसहित लेखा अधिकृत पदम विनोद पोखरेललाई नियन्त्रणमा लिएको छ।
सडक बनाउने कार्यको अन्तिम भुक्तानी गराइदिने बापत निर्माण व्यवसायीसँग घुस मागेको आरोप छ। सडक ०७६/०७७ देखि नै सडक बनाउने कार्य भइरहेको थियो।
पक्राउ परेका लेखा अधिकृत पोखरेललाई थप अनुसन्धानका लागि बर्दिवास लगिएको छ।
प्रतिक्रिया दिनुहोस !
