समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने, चार/चार महिनामा नेतृत्व फेरिने

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने, चार/चार महिनामा नेतृत्व फेरिने
सुन्नुहोस्

काठमाडौं : चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । त्यसैगरी सो मोर्चाले आफ्नो संगठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच/पाँच जनासम्म र प्रदेशमा तीन/तीन तथा जिल्लामा दुई/दुईजना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ । 

यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको  उपाध्यक्ष पाण्डेले बताए । उनले भने, 'मोर्चाको नेतृत्व चार/चार महिनामा परिवर्तन हुनेछ,साउन १२ गतेदेखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्नेछौं।'

हालै गठन भएको सो मोर्चाको नेतृत्व हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका  छन्। मोर्चामा नेकपा माओवादी केन्द्र,नेपाल एकीकृत समाजवादी पार्टी,जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहभागी छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.