मोरङबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

मोरङबाट खैरो हेरोइनसहित दुईजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङका अलगअलग स्थानबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  विराटनगर र पथरीशनिश्चरे नगरपालिकाबाट मंगलबार साँझ १–१ जना पक्राउ परेका हुन् । 

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट सुनसरीको धरान उपमहानगरपालिका–३ का २६ वर्षीय सागर सहनी पक्राउ परेका छन् । भारतको जोगवनीबाट नेपालतिर पैदल नै आउँदै गरेका सहनीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले साँझ ५:२० बजेतिर नियन्त्रणमा लिएको हो । 

शरीर खानतलासी गर्दा उनको साथबाट २.४० ग्राम खैरो हेरोइन बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सहनीलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । 

त्यस्तै,पथरीशनिश्चरे नगरपालिका–१ का २४ वर्षीय अनिल भट्टराई पक्राउ परेका छन् । घरबाटै लागूऔषध बिक्रीवितरण गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी मंगलबार साँझ भट्टराईको घरमा पुगेको थियो । खानतलासी गर्ने क्रममा ८ सय ६० मिलिग्राम खैरो हेरोइन भेटिएको डीएसपी दाहालले बताए । 

उनका अनुसार सुत्ने कोठाको खाटमुनि खैरो हेरोइन भेटिएपछि भट्टराईलाई पक्राउ गरिएको छ । पक्राउ परेका सहनी र भट्टराईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.