साँगा बस दुर्घटना : तीन जना घाइतेको उपचार हुँदै, पाँच जना डिस्चार्ज

साँगा बस दुर्घटना : तीन जना घाइतेको उपचार हुँदै, पाँच जना डिस्चार्ज
सुन्नुहोस्

काभ्रे : भक्तपुर सूर्यविनायक नगरपालिका-१० साँगा झोलुंगे पुलमा काठमाडौंबाट धुलिखेलतर्फ आउँदै गरेको बा४ख ९३९६ नम्बरको बस दुर्घटनामा परेका ५ जना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

बसको चालकसहित अन्य दुई जनाको मध्यपुर ठिमि अस्पतालमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर उपचारपछि डिस्चार्ज बनेपा नगरपालिका-७ बस्ने रितिका श्रेष्ठ, सिन्धुली घ्याङलेख गाउँपालिका-१ घर भई हालः जिल्ला भक्तपुर सूर्यविनायक पाण्डुबजार बस्ने वर्ष ३० को सूर्यबहादुर पाख्रिन, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ घर भई हालः जिल्ला काभ्रेको बनेपा बस्ने वर्ष ३९ को अमर लामा, बनेपा नगरपालिका-३ बस्ने वर्ष २२ की सुस्मिता श्रेष्ठ र बनेपा नगरपालिका-१३ बस्ने वर्ष २० को विनय जोशी उपचार भएर डिस्चार्ज भएको जगती प्रहरी प्रमुख डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

बस चालक सिन्धुली घ्याङलेख गाउँपालिका-१ घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्ने वर्ष ३१ को पूर्णबहादुर पाख्रिन मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सुनसरी बराहक्षेत्र नगरपालिका-१ घर भई काठमाडौं बसुन्धारा बस्ने वर्ष ४४ की रिता खत्री र बनेपा नगरपालिका-१३ साँगा बस्ने वर्ष ५९ को अर्जुन खड्काको  मध्यपुर ठिमी अस्पतालमा थप उपचार भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए। 

 
उक्त काठमडौं धुलिखेल नगर बस सडकबाट अन्दाजी ३० मिटर तल खसि दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना के कसरी भयो भन्ने वषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी वृद्ध जगतीले जनाएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.