मुस्ताङको पुँजीगत खर्च १ अर्ब ३५ करोड

मुस्ताङको पुँजीगत खर्च १ अर्ब ३५ करोड
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा संघ तथा प्रदेश कार्यालयहरूले कूल पुँजीगत बजेटको ८३ प्रतिशत बजेट खर्च गरेका छन्। संघ तथा प्रदेशअन्तर्गत मुस्ताङका कार्यालयहरूलाई आर्थिक वर्ष २०७९/०८० मा विनियोजन भएको कुल पुँजीगत बजेट १ अर्ब ६२ करोड ६६ लाखमध्ये १ अर्ब ३५ करोड ६२ लाख बजेट खर्च भएको बताइएको छ।

संघीयतर्फ कूल बजेट ३ अर्ब ३७ करोड ७६ लाख बजेटमध्ये चालु र पुँजीगत गरी ३ अर्ब १ करोड ३५ लाख अर्थात् (८९.२२) प्रतिशत खर्च भएको छ। प्रदेशतर्फ ९९ करोड ४६ लाख बजेटमध्ये चालु र पुँजीगत गरी ७४ करोड ७९ लाख अर्थात् (९२.२२) प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख डालेश्वर अर्यालले जानकारी दिए।

संघीयतर्फ विनियोजित कुल चालु बजेट २ अर्ब ३५ करोड ६६ लाखमध्ये २ अर्ब ११ करोड ५७ लाख अर्थात् (८९.७८) प्रतिशत खर्च भएको छ भने संघीय पुँजीगततर्फको १ अर्ब २ करोड ९ लाख बजेटमध्ये ८९ करोड ७८ लाख अर्थात् (८७.९३) प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक अर्यालले बताए।

प्रदेशतर्फ २०७९/८० मा विनियोजित कूल बजेटअन्तर्गत चालुतर्फ ३८ करोड ६९ लाख बजेटमा २८ करोड ९४ लाख अर्थात् (७४.८१) प्रतिशत बजेट खर्च भएको छ। पुँजीगततर्फ ६० करोड ७६ लाख विनियोजन भएकोमा ४५ करोड ८४ लाख अर्थात् (७५.४४) प्रतिशत बजेट खर्च भएको उनले जनाए।

मुस्ताङमा संघीय सरकारद्वारा विनियोजित कुल पुँजीगत बजेट खर्चको (३४.०२) प्रतिशत अर्थात् ३० करोड ५४ लाख बजेट असार महिनामा खर्च भएको छ। प्रदेश सरकारतर्फ कूल पुँजीगत बजेट खर्चको (५०.८९) प्रतिशत अर्थात् २३ करोड ३२ लाख बजेट असार महिनामा खर्च भएको कोलेनिकाले जनाएको छ। आर्थिक वर्षको बजेट खर्चको तथ्यांक औसत हेर्दा असारे विकास प्रवृत्तिका कारण असार महिनामा बढी पुँजीगत खर्च भएको हो। संघीय सरकारको एक तिहाई र प्रदेशको आधा बजेट खर्च असार महिनामै भएको हो। भौगोलिक विकटता, प्राकृतिक विपद्, निर्माण कम्पनीको ढिलासुस्ती, बजेट सक्न हतारको असारे विकासको परिपाटी र बजेटको सुनिश्चिता नहुनेलगायतका कारण पुँजीगत विकास खर्च प्रभावकारी हुन नसकेको हो।

उत्तरी चिनको कोरलानाका जोड्ने उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले (८५) प्रतिशत बजेट खर्च गरेको छ। आयोजनाले चालुतर्फ १४ करोड ११ लाख बजेटमा ११ करोड ६६ लाख अर्थात् (८२.६३) प्रतिशत र पुजिगततर्फ ६६ करोड ५९ लाख बजेटमा ५७ करोड १ लाख अर्थात् (८५.६१) प्रतिशत बजेट खर्च गरेको हो। आयोजनाले पुँजीगत बजेट खर्चको १७ करोड ६७ लाख अर्थात् (३१) प्रतिशत बजेट असार महिनामै खर्च गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.