विद्युत प्रवाह गरेर माछा मार्दा करेन्ट लागेर मृत्यु
विराटनगर : मोरङको बेलबारी नगरपालिका–४ स्थित खोल्सीमा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार अपरान्ह १ जनाको मृत्यु भएको छ ।
रामपुरगुए खोल्सीमा माछा मार्ने क्रममा बेलबारी–४ बुधबारेका ३५ वर्षीय निङ्मा रिङदे शेर्पाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार करेन्ट लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको हो ।
शव पोस्टमार्टमका लागि पठाएर इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।