हवाइ सुरक्षामा सञ्चालकको चासो, कार्यदल गठन

हवाइ सुरक्षामा सञ्चालकको चासो, कार्यदल गठन
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : हवाइ तथा हेलिकोप्टर उडानको सुरक्षालाई मजबुत र व्यवस्थित बनाउनका लागि निजी वायुसेवा सञ्चालकहरूले टास्कफोर्स (कार्यदल) गठन गरेका छन्। नेपाल वायुसेवा सञ्चालक संघले हवाइ सुरक्षा अभिवृद्धि सम्बन्धि टास्कफोर्स गठन गरेको जानकारी दिएको छ। हवाइ दुर्घटनाको क्रम बढ्न थालेफछी निजी वायुसेवा सञ्चालकहरूले आन्तरिक सुधारका लागि यो टास्कफोर्स गठन गरेको बताइएको छ।

नेपालमा अहिले सञ्चालन भइरहेका वायुसेवा कम्पनीहरूको सञ्चालनका प्रक्रिया, विधि, प्राविधिक पक्षलगायत हवाइ उद्योग कत्तिको सुरक्षित भन्ने सम्बन्धमा यो टास्क फोर्सले अध्ययन गर्ने संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए। 

‘हाम्रो आकाशलाई थप सुरक्षित बनाउनका लागि हाम्रा कहाँ कमीकमजोरी छन्, त्यसलाई पत्ता लगाउन जरुरी भइसकेको छ। दुर्घटनाहरू दोहोरिरहँदा हामी अलमलिनुभन्दा पनि अघि बढ्न बाटो पत्ता लगाउने काम टास्क फोर्सले गर्ने छ,’ थापाले भने। उक्त टास्क फोर्सले दिएको सुझावहरूलाई सुधारका लागि संघले अवलम्बन गर्ने जानकारी दिए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित टास्क फोर्समा क्याप्टेन रवि कंसकार, एसएस डंगोल, क्याप्टेन हिराबाबु दाहाल, इन्जिनियर यज्ञ श्रेष्ठ रहेका छन्। यो फोर्सले प्रत्यक्ष निजी वायु कम्पनीहरूमा गइ कर्मचारीहरूको व्यवहारदेखि संरचनागत अवस्थालगायत मर्मतसुधारका प्रक्रियासम्म सबैको अध्ययन गर्ने छ। यसमा प्रत्यक्षरूपमा सरकार वा नियामक निकायको भूमिका भने नरहेको संघका अध्यक्ष थापाले बताए। आवश्यक परे सल्लाह-सुझाव भने लिइने छ। उक्त टास्क फोर्सले एक महिनाभित्र आफ्नो अध्ययन पूरा गर्ने जानकारी दिइएको छ।

प्राधिकरणको पछिल्लो सर्कुलेशन अव्यवहारिक
नेपाल नागरिक उड्नय प्राधिकरणले असार २८ गते नयाँ सर्कुलेशन (निर्देशन) ल्याएको छ। मनाङ हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले नयाँ सर्कुलेशन जारी गरेको हो। उक्त सर्कुलेशनले हवाइ तथा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउने काम गरेको निजी वायुसेवा सञ्चालकहरूले बताएका छन्। सेप्टेम्बरसम्मका लागि उद्धार उडान, हिमाल दृश्वोलोकन उडान, सिलिङ उडान (हेलिकोप्टरले झुन्डाएर सामान ओसारपसार गर्ने) उडानलाई प्रतिबन्ध लगाएको छ भने वायुसेवा कम्पनीमा सेयर लगानी भएका पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले पछिल्लो समयमा ल्याएको सर्कुलेशन अव्यवहारिक भएको संघले बताएको छ। दुर्घटना दुर्भाग्यवश हुने भएकाले माथिका प्रतिबन्धहरू खासै परोक्षित नहुने अध्यक्ष थापाले बताए। ‘डाक्टरले अस्पताल खोल्न पाउने, पाइलटले हवाइ कम्पनी किन खोलन नपाउने? पाइलटले हवाइ कम्पनी खोल्दा उसमा क्षेत्रका बारेमा विज्ञता हुन्छ भने समस्या र समाधान पनि थाहा हुनसक्छ,’ थापाले बताए। 

कूल ग्राहस्थ उत्पादनमा पर्यटनको करिब ७ प्रतिशत योगदान रहेको हुँदा पर्यटन आयको प्रमुख स्रोत हिमाल दृश्यवालोकनमा प्रतिबन्ध पनि सुहाउँदो नभएको बताइएको छ। खराब मौसममा उक्त उडान गराउन कुनै पनि कम्पनी अग्रसर नहुने उनले बताए। दैनिक जीवनदेखि, आपतविपत तथा सामान ओसारपसारमा हेलिकोप्टरको प्रयोग बढिरहेको सन्दर्भमा प्राधिकरणको यो प्रतिबन्ध सान्दर्भिक नभएको संघले बताएको छ।  

null

हवाइ दुर्घटनाहरू सबैभन्दा बढी खराब मौसमका कारण पहाडमा ठोकिएर हुने गरेकोले इनरुट मौसमको जानकारी दिने सम्बन्धमा प्राधिकरणले सुधार्न आवश्यक रहेको संघले बताएको छ। हरेक उडान पूर्व प्राधिकरणलाई १० अमेरिकी डलर मौसम जानकारीका लागि दिने गरिएको छ। उडान भरेको विमानस्थल र अवतरण गर्ने विमानस्थलको मौसम जानकारी हुन्छ। तर बीचका भागको मौसम कस्तो छ भन्ने स्पष्ट जानकारी पाउन नसकेको संघका महासचिव एवं फिस्टेल एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए। 

‘अहिले मौसम विभागले हावाको गति, पानी परे/नपरेकोलगायतका सूचना दिन्छ। तर बादल लागेका कारण पहाडमा ठोकिएर हुने दुर्घटना रोक्न बादल छ कि छैन, भन्ने सूचना पनि चाहिन्छ,' कार्कीले भने। मौसम विभागले २१ हजार फिटभन्दा माथिको मौसम जानकारी दिन्छ जबकि आन्तरिक उाडन भर्ने विमानहरू बढीमा १२ हजार फिटमा उडिरहेका हुन्छन् भन्दै कार्कीले प्राधिकरणले यतातिर ध्यान दिन जरुरी रहेको बताए। 

हवाइ सुरक्षामा वायुसेवा सञ्चालकको चासो
नेपाल वायुसेवा सञ्चालक संघले हवाइ उड्डयनको वर्तमान अवस्था, चुनौती र अवसरका बारेमा सरोकारवालाहरूसँग छलफल गरेको छ। हवाइ दुर्घटना बढेका कारण नेपाली आकाश सुरक्षित छ कि छैन, सञ्चालकहरूले के सुधार गर्नुपर्ने, नियामक निकायले हवाइ सुरक्षामा कस्तो नीति अपनाउने भन्ने सम्बन्धमा छलफल भएको छ। करिब १ वर्षको बीचमा ४ हेलिकोप्टर र एक एटीआर ७२ दुर्घटनामा परेका छन्।

कार्यक्रममा नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले विमानको अवस्था, नियामक निकायको नीति एवं मानव व्यवहार सबै नै विमान दुर्घटनाको कारक हुने बताए। ‘कहिले वायुसेवा सञ्चालकको त्रुटिले त कहिले मानवीय कारण भने कहिले नियामकको नीति नियमका कारण दबाबमा आएर पनि दुर्घटना भएका छन्,’ उनले भने। कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक यज्ञप्रसाद गौतमले नेपालमा हवाइ उद्योग विस्तार हुनुमा निजी वायुसेवा सञ्चालकहरूको योगदान रहेको भन्दै उड्डयनमा प्रविधिसँगै प्राविधिज्ञ पनि भित्राउन जरुरी रहेको बताए। 

प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलिले नेपाल आकाश सुरक्षित रहेको भन्दै उडानलाई विश्वसनीय बनाउनका लागि जमिनदेखि आकाशसम्म प्रविधिको विस्तार गर्न जरुरी रहेको बताए। त्यस्तै प्राधिकरणका पूर्व निमित्त महानिर्देशक मोहन अधिकारीले प्राधिकरणले सार्वजनिक गर्ने गरेको हवाइ सुरक्षाको प्रतिवेदन कागजमा मात्र सुधार भएको तर व्यवहार नभएको बताएका छन्। 

प्राधिकरणलाई नियामक र सेवा प्रदायक नछुट्टाएसम्म हवाइ सुरक्षामा वास्तविक सुधार नहुने भनाइ अधिकारीको छ। कार्यक्रममा फिस्टेल एयरका निर्देशक सुमन पाण्डेले मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउन उड्डयन क्षेत्रको विकास पनि एउटा कडि हुने बताए। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले कम्पनीले हवाइ सुरक्षामा गरेका आन्तरिक कार्यको बारेमा जानकारी दिएका थिए। 

प्राधिकरणका पूर्व कर्मचारी नारायण डंगोलले उडान तालिकासम्बन्धी प्रक्रिया फेरिनुपर्ने बताउँदै हवाइ सुरक्षाका लागि अनुशासन र सामूहिक कार्यमा सुधार गर्न आवश्यक रहेको औंल्याए। प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्दै देउजाले नेपालको वार्षिक आन्तरिक उडानको वृद्धि करिब १० प्रतिशत र बाह्य उडानको वृद्धि ७ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरे। 

हवाइ क्षेत्रमा प्रविधि हस्तान्तरण भइरहेको बताउँदै देउजाले हवाइ सुरक्षा बढाउनका लागि विमानस्थलको क्षमतावृद्धि एवं स्त्तारोन्नतिमा ध्यान दिन जरुरी रहेको बताए। कार्यक्रममा निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले हवाइ क्षेत्रको विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.