चिया परियोजनाको बजेट : खर्च भ्रमणमा, उपलब्धि शून्य

चिया परियोजनाको बजेट : खर्च भ्रमणमा, उपलब्धि शून्य
सुन्नुहोस्

इलाम : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘इन्हेन्स इन्ट्रिगेटेट फ्रेमवर्क’ (ईआईएफ)को आर्थिक सहयोगमा सञ्चालित नेपाली अर्थोडक्स चियाको दिगो निर्यात अभिवृद्धि परियोजनाको बजेटबाट भ्रमण मात्र गरिएको चिया उद्यमीले गुनासो गरेका छन्। 

अमेरिका र श्रीलंकालगायतका देशमा परियोजनाको खर्चमा मन्त्रालय र बोर्डका कर्मचारीले भ्रमण गरेका र उपलब्धि शून्य भएको परियोजनाको स्टेरिङ कमिटीका सदस्य उदय चापागाईंले बताए। 

केही समयअघि अमेरिकाको लस भेगासमा भएको टी एन्ड कफी वल्र्ड एक्सपोमा मन्त्रालयका सहसचिव गोविन्द कार्की र बोर्डका कार्यकारी निर्देशक विष्णुकुमार भट्टराई, सूर्योदय टी प्रोड्युर्सस एसोसिएसनलगायतका निजी उद्यमी व्यवसायीकोे टोली गएको थियो। कमिटीका सदस्य चापागाईंले भने, ‘अमेरिकाबाट फर्केपछि भएको उपलब्धि अहिलेसम्म पेस गर्नु भएको छैन।’  

कमिटीमा चापागाईंसहित केन्द्रीय चिया सहकारी संघका गोविन्द दमहाल, होट्पाका होमनाथ कोइराला रहेका छन्। परियोजनाकै तर्फबाट असारको अन्तिम साता श्रीलंका पुगेको ‘जम्बो टोली’ ले त स्टेरिङ समितिलाई समेत छलेर भ्रमण गरेको चापागाईंले बताए। 

टोलीमा मन्त्रालयका सहसचिव कार्की, बोर्डका निर्देशक दीपक खनाल र प्रशासकीय अधिकृत देउकुमार सिगू रहेका थिए। सो सम्बन्धमा स्टेरिङकमिटीका सदस्यसहितको समूहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सचिव मधुकुमार मरासिनीलाई ध्यानाकर्षण गराएको थियो। 

एसोसिएसनका सचिव गोपाल कट्टेलले प्रोजेक्टले लक्ष्य राखे जस्तो उपलब्धि हासिल नभएको बताए। उनले भने ‘सुरुमा जे भनिएको थियो त्यहीअनुसारको उपलब्धि भएन।’

परियोजनाका फोकल पर्सन तथा मन्त्रालयका उपसचिव चक्रपाणि आचार्यले स्टेरिङ कमिटीमा श्रीलंका जाने विषयमा जानकारी गराएको बताए। उनले यो भ्रमण श्रीलंकाका चियाको नियमक निकाय, अनुसन्धान इकाइ र केही कारखानाको भ्रमणसँग सम्बन्धित भएकोले उद्यमी व्यवसायीलाई सहभागी नगराएको बताए। उनले भने ‘यो भ्रमण परियोजनामा कार्यरत कर्मचारी र बोर्डका कर्मचारीकै लागि भएकाले अरूलाई सँगै लैजान सकिएन।’ उनले भ्रमणमा जाने निर्णय मन्त्री स्तरबाट भएको पनि प्रस्ट पारे। 

उपसचिव आचार्यले भने परियोजना सम्पन्न हुन पाँच महिना बाँकी रहँदा तीन हजार चिया कृषक लाभान्वित भएको बताए। उनका अनुसार परियोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ। उनले भने ‘यो परियोजना कुनै व्यक्ति, कारखाना वा समूहका लागि नभएर अर्थोडक्स चियाको अवस्था सुधारका लागि आएकाले परियोजनाले त्यहीअनुसार काम गरेको बताए। उनले भने, ‘परियोजनाले अमेरिकामा व्यापार प्रवद्र्धनका लागि गएको भ्रमण टोलीमा निजी क्षेत्रका चार जनाको सहभागिता रहेको थियो।’ परियोजनाले गत वैशाखमा नेपालको चिया प्रवद्र्धनका लागि विभिन्न देशका १५ व्यापारी नेपाल ल्याएर काठमाडौं र इलाममा तीन दिनसम्म स्थानीय उत्पादकसँग छलफल गराउने, चिया चिनाउने, उत्पादक र व्यापारीलाई एकै ठाउँमा छलफलसमेत गराएको थियो। 

तीन वर्षअघि इलामलाई केन्द्रित गरी सुरु भएको परियोजनाअन्तर्गत १७ करोड रुपैयाँ खर्च गर्ने योजना रहेको छ। परियोजनाले अर्गानिक चिया उत्पादनका लागि आवश्यक सामग्री, तालिम, सचेतना, प्रोत्साहनलगायत कार्यक्रम र गतिविधि सञ्चालन गर्ने लक्ष्य राखेको थियो। परियोजनाले अर्गानिक मल उत्पादनका लागिसमेत सहुलियत दिनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.