आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा हुँदै, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा हुँदै, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : समाजवादी मोर्चाले भोलि (आइतबार) विद्यार्थी मोर्चाको घोषणा गर्ने भएको छ। मोर्चाको गठन र घोषणा भोलि १२ बजे हुने सचिवालयले जनाएको छ। 

ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.