कोसी प्रदेश सरकार गठन

गठबन्धनका तर्फबाट कांग्रेसका उद्धव थापाले गरे मुख्यमन्त्रीमा दावी पेश

गठबन्धनका तर्फबाट कांग्रेसका उद्धव थापाले गरे मुख्यमन्त्रीमा दावी पेश

विराटनगर : कोसी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्वव थापाले पुन: दावी पेश गरेका छन्। कांग्रेस कोसी प्रदेशका संसदीय दलका नेता थापाले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दावी  पेश गरेका हुन्। 

सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेसका थापाले प्रदेश प्रमुख खापुङसमक्ष दाबी पेश गरेका हुन्।

यसअघि असार २१ गते नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाका ४६ सांसद (गठबन्धन) र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए।

तर, कोसीमा असंवैधानिक तरिकाले सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले असार २२ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो। सर्वोच्चले सरकार गठनमा सभामुखको भूमिका तटस्थ नदेखिएको फैसला गरिदिएपछि थापा मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कांग्रेसका २९,माओवादीका सभामुखसहित १३,नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरेर गठबन्धनसँग ४७ सांसद पुग्छन् ।  प्रदेशसभाकै ठूलो दल नेकपा (एमाले)का ४० र  राप्रपाका ६ गरेर ४६ सांसद छन् । 

प्रदेश प्रमुख खापुनले साउन १२ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभालाई मुख्यमन्त्रीमा दावी गर्न आज साँझ पाँच बजेसम्मको समय दिएका थिए।

सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्दव थापाको नियुक्ति बदर गर्नुका साथै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन कोसी प्रदेश सरकारलाई आदेश दिएको थियो।

सोही आदेशअनुसार प्रदेश प्रमुख खापुङले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.