तुल्सीलालको तागत
साउन ६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१औं स्मृति दिवस र साउन ७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस मनाइएको छ।
नेपाल कम्युनिस्ट पार्टीको तृतीय महाधिवेशनद्वारा निर्वाचित महासचिव र नेपालमा सम्पन्न पहिलो आमनिर्वाचनद्वारा स्थापित संसद्मा नेकपा संसदीय दलका नेता नेपालको लोकतान्त्रिक कम्युनिस्ट एवं अमात्यको २६ औं स्मृति दिवस किसान आन्दोलनका अगुवा कमरेड तुल्सीलाल आज साउन १७ गते पर्छ।
वनारसमा पुष्पलाललाई भेटेपछि तुल्सीलाल नेपाल कम्युनिस्ट पार्टीको सदस्य बने। उनी २००६ भदौ ३० गते बनेको पहिलो केन्द्रीय संगठन कमिटी सदस्य बने। पहिलो केन्द्रीय संगठन कमिटी गठन भएको दिन जारी घोषणापत्रमा जमिन्दारहरूको जमिन जफत गरी किसानहरूमा वितरण गर्ने तथा नेपालमा समाजवाद स्थापना गर्ने उल्लेख थियो। कम्युनिस्ट पार्टीबाट मनमोहन अधिकारी, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई गरी आधा दर्जन प्रधानमन्त्री बनिसकेका छन्। कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेको अवधिमा वृद्धभत्तालगायत कयौं सामाजिक सुरक्षाका कार्यक्रम लागू गरिएको थियो। तर क्रान्तिकारी भूमि सुधारद्वारा कति किसानले जमिन प्राप्त गरे ? सर्वहारा मजदुर, गरिब किसान, भारी बोक्ने कुल्ली, ठेलागाडावाल आदिको जीवनमा कति परिवर्तन आयो ? कम्युनिस्ट पार्टीको पहल, प्रभाव र अगुवाइमा समाजवाद स्थापनाको उद्देश्यलाई नेपालको संविधान २०७२ मा समावेश गराए पनि समाजवाद प्राप्तिका लागि आवश्यक पर्ने आधार तयार हुन सकेन।
भारतमा दासताबाट नागरिकलाई मुक्त गराउने जुलुसबाटै उनी गिरफ्तार भए। फलस्वरूप उनलाई कठोर यातनासहित ६ महिना जेल सजाय दिइयो। उनी पक्राउ परेको तेस्रो दिन उनको पिताजीको देहान्त भयो। जेलमा छँदै उनको पहिलो श्रीमतीको मृत्यु भयो। २००७ सालमा राणा, नेपाली कांग्रेस र राजाबीच सम्पन्न त्रिपक्षीय सम्झौताको विरोध गरेको अभियोगमा रक्सौलबाट गिरफ्तार भई महिना भागलपुर जेलमा बन्दी भए। तराई–मधेसका विभिन्न जिल्लाका मिटरब्याजपीडितहरू १०–१२ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगे। लामो समयसम्म जारी आन्दोलन मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाद्वारा पारित भएर राष्ट्रपतिले लालमोहर लगाइसकेका छन्। त्यसैले अहिले केही मत्थर भएको छ।
धेरैलाई आश्चर्य लाग्न सक्छ कि काठमाडौं उपत्यकाको एउटा नेवार समुदायमा जन्मेर हुर्केको र स्नातकोत्तर तह हासिल गरेका तुल्सीलालले ६०–६५ वर्षअघि बारा, सर्लाही र रौतहट जिल्लामा तिनै मिटरब्याजपीडित किसानलाई जागृत गरी आन्दोलन गराएका थिए। पछि उनी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा आबद्ध भएपछि पार्टीको निर्णयअनुसार अखिल नेपाल किसान संघको अध्यक्षमा तुल्सीलाल अमात्य नियुक्त भएका थिए। त्यसैबेलादेखि रौतहट, बारा, सर्लाही र महोत्तरी पुगी किसानलाई संगठित गर्न थालेका थिए। यस आन्दोलनमा ती जिल्लाबाट तीन लाख किसानको सक्रिय सहभागिता थियो।
त्यस बखत दुई करोडबराबरको जाली तमसुकलाई सार्वजनिक रूपमा जलाइएको थियो। यस आन्दोलनका नाराहरू थिए, ‘जाली तमसुक रद्द गर। जाली फटाहालाई दण्ड देऊ। मोहियानी हक कायम गर’ आदि। यही आन्दोलनको रापतापका कारण २०१५ सालको संसदीय निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले जितेका चार सिटमध्ये दुई सिट रौतहटबाट थियो। संसद्मा गण्डक सम्झौता, बिर्ता उन्मूलन र प्रगतिशील मालपोत, भारतबाट वनस्पति घिउको आयातविरुद्ध संसद्मा आवाज उठाए। सोबापत उनलाई सुरक्षा कानुनअन्तर्गत गिरफ्तार गरी नजरबन्दसमेत गरिएको थियो।
नेकपाका तत्कालीन महासचिव केशरजंग रायमाझीले राजाको कदमको समर्थन गरी पार्टीलाई आत्मसमर्पणवादी बाटोमा लगेकाले तुल्सीलाल र पुष्पलालले अन्तरजोन सामञ्जस्य समिति गठन गरे। २०१९ वैशाखमा नेकपाको तेस्रो महाधिवेशन भारतको वनारसमा आयोजना गरिएको पाइन्छ। उक्त महाधिवेशनले तुल्सीलालद्वारा प्रस्तुत राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित गरी उनलाई सर्वसम्मत रूपले महासचिवमा निर्वाचित गर्यो। यसरी नेकपालाई क्रान्तिकारी धारमा उभ्याउन तुल्सीलालको अहम् भूमिका रहेको पाइन्छ।
२०४६ फागुन ७ गतेदेखि सञ्चालन भएको ऐतिहासिक जनआन्दोलनको दौरान कम्युनिस्ट पार्टीको रातो झण्डा हातमा लिएर सडकमा आउने उनी पहिलो नेता हुन्। तत्कालै पञ्चायती शासकहरूले उनलाई गिरफ्तार गरी जेल चलान गरेका थिए। जनआन्दोलनको सफलताको फलस्वरूप नेपालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि मात्र उनी जेलमुक्त भए। राणाशाही विरोधी आन्दोलन होस् वा निरंकुश पञ्चायत विरोधी आन्दोलन, किसान आन्दोलन होस् वा राष्ट्रियताको आन्दोलन, उनी सधैं अग्रपंक्तिमा रहेर निस्वार्थ र अविछिन्न रूपले अघि बढिरहे।
राजनीतिक संघर्षको दौरान राणाकालमा दुई पटक र पञ्चायतकालमा एक पटक गरी तीन पटक सर्वस्वहरण गरिएको थियो। तुल्सीलाल अमात्यले अपनाएको जीवनशैली र सिद्धान्तप्रतिको निष्ठा एवं प्रतिबद्धतालाई अनुसरण गर्न सकेमा नेपालमा समाजवाद निर्माणको सही बाटो अघि बढ्छ।
- क्षेत्री, तुल्सीलाल स्मृति प्रतिष्ठानका महासचिव हुन्।