सी सेक्सन डेलिभरी : निजी अस्पतालको ब्यापार

सी सेक्सन डेलिभरी : निजी अस्पतालको ब्यापार
सुन्नुहोस्

विश्व स्वास्थ संगठनले गर्भवती सेवा लिन आउने कूल संख्यामध्ये १५ प्रतिशतको मात्रै 'सी सेक्सन' अर्थात् शल्यक्रिया हुने मापदण्ड तय गरेपनि पछिल्लो समय शल्यक्रियामार्फत् बच्चा जन्माउनेको संख्या महामारीजस्तै फैलिएको छ। 

नर्मल डेलिभरी हुँदा बढी पीडा हुने र शल्यक्रियामार्फत् बच्चा जन्माउँदा सहज हुने भ्रमले गर्दा अहिले शल्यक्रियामार्फत् बच्चा जन्माउनेको सख्या ह्वात्तै बढेको छ। यसमा पनि शिक्षित महिला नै बढी आकर्षित भइदिँदा निजी अस्पतालहरूले भने राम्रो आम्दानी हुने ब्यापारको रूपमा लिएको पाइन्छ। अहिले नेपालका निजी अस्पतालमा भर्ना हुने अधिकांश गर्भवती महिलाले शल्यक्रियामार्फत् नै बच्चा जन्माउने गरेका छन्। 

चिकित्सकले विभिन्न बाहानामा शल्यक्रियामार्फत् नै बच्चा जन्माउने सहज निर्णय लिने गरेको पाइएको छ। यसले गर्दा एकातर्फ महिलाको प्रजनन स्वास्थ्यमा असर पारिरहेको छ। अर्कोतर्फ बच्चाको स्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको छ। आमा र बच्चाको स्वास्थ्यको प्रवाह नै नगरी आफ्नो स्वार्थका लागि निजी अस्पतालका चिकित्सकले  सहजै शल्यक्रियामार्फत् बच्चा जन्माउन सुझाउने गरेका छन्। 

केही समयअघि सुशीला (नाम परिवर्तन) पहिलो पटक गर्भवती भइन्। उनको स्वास्थ्य अवस्था सामान्य थियो। तैपनि सामान्य तरिकाले सुत्केरी हुन उनी डराइन्। उनले आफ्नो डाक्टरसँग परामर्शसमेत लिइन्। डाक्टरले नर्मलभन्दा शल्यक्रियामार्फत् बच्चा जन्माउनुमा फाइदा देखाइदिए। उनले शल्यक्रियामार्फत् बच्चा त जन्माइन्, तर अस्पतालको बिल देख्दा उनको होस उड्यो। 

उनलाई फ्रन्ट्लाइन अस्पतालको प्राइभेट क्याबिनमा दुई रातमात्रै राख्दा दुई लाखको बिल भराइएको थियो। डाक्टरको शल्यक्रिया शुल्कमात्रै एक लाखको थियो। त्यस्तै मेडिसिटी अस्पतालमा सामान्य अवस्थामै शल्यक्रियामार्फत् बच्चा जन्माएकी शर्मिला (नाम परिवर्तन)को पनि तीन रात अस्पताल बस्दा झन्डै चार लाखको बिल थमाइएको थियो। 

यी त भए महँगा र ठूला अस्पतालका कुरा। सामान्य निजी अस्पतालमा पनि कम्तीमा एक लाख हाराहारीको बिल थमाउने गरिन्छ। नेपालका निजी आस्पतालमा विपन्न वर्गलाई शल्यक्रियामार्फत् बच्चा जन्माउनुपरेमा असम्भवजस्तै देखिन्छ। 

सरकारी अस्पतालका क्याबिन भने अस्तब्यस्त हुँदा बिरामीले सास्ती खेप्नुपरेको छ। थापाथली प्रसुतिगृहमा अत्याधुनिक प्रविधि र दक्ष चिकित्सक भए पनि त्यहाँ फोहोर र अस्तव्यस्त हुने भएकाले शिक्षित र सम्पन्न वर्ग त्यहाँ सेवा लिन पुग्ने गरेका छैनन्। सम्बन्धित निकायले समयमै सरकारी अस्पताललाई अझै ब्यवस्थित गरेर नर्मल डेलिभरीलाई प्रोत्साहन गर्ने खालका नीति लिनु जरुरी देखिएको छ। यसो नगर्ने हो भने निजी अस्पतालको ब्यापारले महिला र बच्चाको स्वास्थ्यमा खेलवाड गरिरहने देखिएको छ। 

शल्यक्रियामार्फत् बच्चा जन्माउँदा आमाको शरीरमा त दीर्घकालीन असर छँदैछ, त्यसमाथि बच्चालाई आमाको बिगौती दूध एक घण्टाभित्र नखुवाइ अस्पतालले बजारमा पाइने ल्याक्टोजिन खुवाइदिँदा बच्चाको स्वास्थ्यमा समेत खेलवाड भइरहेको पाइएको छ। बच्चा जन्मिने वितिकै आमाको न्यानो अंगालोमा राखिदिने र जतिसक्दो चाँडै अमाको बिगौती दूध खुवाउनैपर्ने विश्व स्वास्थ संगठनले स्पष्ट भनिरहँदा पनि शल्यक्रियामार्फत् जन्मिएका बच्चालाई निजी अस्पतालले त्यो ब्यवस्था गरेको पाइएको छैन। बरु २४ घण्टा बच्चालाई एनआईसीयुमा राखेर अनुगमन गरेपछि मात्रै आमासँग दिने गरिएको छ। यसले गर्दा पनि आमा र बच्चाबीचको आत्मीयतामा कमि हुने गरेको पाइएको छ।

स्तनपान गराउन कठिन हुने भएकाले आमाको दूध कम आउने, बच्चा स्तनपान गर्न नमान्ने, बजारको फर्मुला दुधमै बानी पर्नेजस्ता सम्स्या हुने गरेका छन्। यसले गर्दा बच्चाको शारीरिक विकासमा समेत असर गरेको छ। यसरी हेर्दा शल्यक्रियामार्फत् बच्चा जन्माउनुका बेफाइदाहरू धेरै देखिएका छन्। एकातिर आर्थिक पाटो, अर्कोतर्फ आमा र बच्चाको स्वास्थ्यका दृष्टिकोणले पनि नर्मल डेलिभरीका फाइदाहरू धेरै छन्। 

तसर्थ, जटिल अवस्थामा मात्र शल्यक्रिया गर्नुपर्ने कुरा गर्भवती महिलाहरूले बुझ्न आवश्यक छ। चिकित्सकले पनि नयाँ गर्भवती महिलालाई नर्मल डेलिभरीका लागि प्रोत्साहन गर्न र यसका फाइदाबारे जानकारी दिन जरुरी छ। शिक्षित महिलाहरू आफैं पनि मानसिक र शारीरिकरूपमा तयार हुने हो भने निजी अस्पतालले मनलाग्दी बिल भराउन पाउने  छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.