कोसी अस्पतालमा संरक्षण संघर्ष समिति

कोसी अस्पतालमा संरक्षण संघर्ष समिति

विराटनगर : कोसी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोसी अस्पतालको संरक्षणका लागि संघर्ष समिति गठन गरिएको छ। 

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उपभोक्ता अधिकारकर्मीसमेतको सर्वपक्षीय भेलाले समिति गठन गरेको हो। 

भेलाले विराटनगरस्थित कोसी अस्पताल विकास समितिका पूर्वसदस्य मुकेश बुढाथोकीको संयोजकत्वमा १६ सदस्यीय संघर्ष समिति गठन गरेको छ। 

संघर्ष समितिलाई विस्तार गरेर लैजाने योजना छ। 

राजनीतिक दलसहित सबै पक्षलाई समेटिएको समितिले सरकारी अस्पतालको संरक्षणका लागि संघर्षका कार्यक्रम अघि बढाउने भएको छ। संघर्षको पहिलो चरणको कार्यक्रमअन्तर्गत ज्ञापन पत्र बुझाएर प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, कोसी प्रदेशका मुख्यमन्त्री, विराटनगर महानगरपालिका मेयर, मोरङका प्रमुख जिल्ला अधिकारी, 

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लगायतको ध्यानाकर्षण गराउने तयारी छ। सरकारी अस्पतालको स्वामित्वमा रहेको लगभग १५ कट्ठा बढी जग्गा गैरकानुनी हिसाबले लामो समयदेखि कब्जा गरेर वर्षौदेखि अरूले नै रजाइँ गरिरहेका छन्। 

विभिन्न संघ संस्थाले जग्गा कब्जा गरेर व्यापारिक भवन एवं संरचना बनाउँदै आफू प्रयोग गरेर अरुलाई पनि भाडामा लगाएका हुन्। भाडावापत लाखौं रकम असुल्ने गरिएको छ। 
अस्पताललाई भने एमआरआई, एनआईसीयूजस्ता अतिआवश्यकीय सेवासहित चमेनागृह सञ्चालन एवं विभिन्न सेवा विस्तारका लागि भवन निर्माण गर्न र एम्बुलेन्स, अस्पताल, कर्मचारी तथा सेवाग्राहीका सवारीसाधनको पार्किङस्थल व्यवस्थापनमा जग्गा अभाव भइरहेको छ। अस्पतालको नाममा विराटनगरको मुख्य बजारमा ५ बिघा ८ कट्ठा जग्गा छ। 

बारम्बार राजनीतिक हस्तक्षेप हुँदा र पहुँचवालाको हालीमुहाली चल्दा अस्पताल धराशायी बनिरहेको छ। अस्पतालमा सेवा र पूर्वाधार विस्तारमा अवरोध पुगिरहेको छ। आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणले सहज उपचार पाउन सकिरहेका छैनन्। 
समितिमार्फत जग्गा फिर्ता विशेष अभियान चलाइने संयोजक बुढाथोकीले बताए। 

साथै अस्पतालको सेवा सुधार र राजनीतिक हस्तक्षेप बन्द गराउनका लागि चरणवद्ध आन्दोलन गरिने उनको भनाइ छ। अस्पतालको जग्गा कसले कति ओगटेका छन् भन्ने तथ्यांक आफूहरूसँग रहेको बुढाथोकीले बताए। 

उनी अस्पतालजस्तो संवेदनशील क्षेत्रको जग्गामा अरुकै रजाइँ चल्नु र राजनीतिक हस्तक्षेपका कारण अस्पताल धराशायी बन्नु दुःखद् भएको बताउँछन्।

‘आम्दानी कम भएर अस्पतालको अवस्था दयनीय बनेको छ। जग्गा पर्याप्त नहुँदा सेवा विस्तार भएको छैन,’ बुढाथोकीले भने, ‘अस्पतालको जग्गा अस्पताललाई तत्काल फिर्ता हुनुपर्छ। निजी स्वार्थलाई हेरेर संघ संस्थाका नाममा हडप्नु हुँदैन।’ अस्पतालको जग्गा फिर्ता तथा सेवा सुधारका लागि चलाइने अभियानमा सिंगो विराटनगरको साथ आवश्यक रहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.