कोशी प्रदेश नामाकरणमा उठेका समस्या सम्बोधन गर्न सरकार तयार : मुख्यमन्त्री थापा

कोशी प्रदेश नामाकरणमा उठेका समस्या सम्बोधन गर्न सरकार तयार : मुख्यमन्त्री थापा
तस्बिर : अन्नपूर्ण

विराटनगर :कोसी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले प्रदेशको नामाकरण विषयमा उठेका समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन्। शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मुख्यमन्त्री थापाले प्रदेशको नाममा उठेका सबै प्रश्नहरू माग र मुद्दालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताका हुन् । 

प्रदेशको नामाकरण परिवर्तनका लागि संविधानत:  र वार्ताद्वारा हल गर्नेतर्फ गठबन्धन दलहरू उन्मुख रहेको मुख्यमन्त्री थापाले प्रष्ट पारे। 

विश्वासको मतका लागि दलहरूबीच छलफल सुरू हुने मुख्यमन्त्री थापाले जानकारी दिए। गठबन्धन दलको बैठकबाट विश्वासको मत लिने मिति र रणनीतिबारे प्रक्रिया थालनी हुने उनको भनाइ छ। पत्रकार सम्मेलनमा मुख्यमन्त्री थापाले जनता समाजवादी पार्टी (जसपा) चाँडै सरकारमा सहभागी हुने दावी गरे।

जसपा प्रदेश नामाकरणका क्रममा पहिचानको पक्षमा उभिदै आएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.