भारतीय युवा मृत फेला, हत्याको आशंका

भारतीय युवा मृत फेला, हत्याको आशंका
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा आइतबार दिउँसो एक जना भारतीय युवा शंकास्पद अवस्थामा मृत फेला परेका छन्। 

भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको हो। खानको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। 

इलाका प्रहरी कार्यालय पथरीबाट डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ। 

डीएसपी भण्डारीले निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव फेला परेको जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो। 

प्रहरीका अनुसार पैनीमा शव देखेपछि जनप्रतिनिधि र स्थानीयले दिउँसो साढे १२ बजेतिर खबर गरेका हुन्। भारतीय नागरिक खानले भाँडावर्तन बनाउने फ्याक्ट्रीमा काम गर्ने गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ। 

‘घटना शंकास्पद देखिन्छ। चोटपटक रहेको अवस्थामा पानीभित्र शव फेला परेको छ,’ डीएसपी भण्डारीले भने, ‘विस्तृत अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्छ। प्रारम्भिक अनुसन्धानबाट केही भन्नसक्ने अवस्था भएन।’

हत्या गरेपछि शवलाई पैनीमा फालिदिएको हुनसक्ने आशंकामा विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.