बाढीपीडितको त्रिपालमै बास

बाढीपीडितको त्रिपालमै बास
गुलरिया–नेपालगञ्ज सडकखण्डमा त्रिपालमा आश्रय लिएका बाढी पीडित। यादव आचार्य
सुन्नुहोस्

गुलरिया : आइतबार आएको बाढीले बर्दियाका ५ वटा पालिका प्रभावित बने। बबई नदीमा आएको बाढी र कर्णालीको कटानका कारण गुलरिया, बारबर्दिया, बाँसगढी, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिका चपेटामा परेका छन्।

बबई नदीमा आएको बाढीबाट बर्दियामा ५ सय ५ घर डुबानमा परे। ६५ घरका ३ सय ४ जना विस्थापित बने। नदी सामान्य अवस्थामा पुगेपछि २१ घरका १ सय ९० जना आफ्नै घर फर्केका छन्। ४४ घरका १ सय १४ जना अझै घर फर्कन सकेका छैनन्। बाढीका कारण गुलरिया नगरपालिकामा १ सय १४ घर डुबान हुँदा २८ घरका १ सय ३३ जना बिस्थापित भए। जसमध्ये ७२ जना घर फर्केका छन्। ६१ जना गुलरियाका अझै विस्थापित छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले भने, ‘१० घरका ४४ जना गुलरिया नेपालगञ्ज सडकखण्डमा त्रिपाल टाँगेर बसेका छन्। ३ घरका १७ जना प्रतिक्षालयमा बसेका छन्। गुलरियाको वडा नम्बर ५, ८, ११ र १२ का गंगानगर, भादा, भैसाही, लालपुर र हरियाली टोल प्रभावित बनेका छन्।’

बबई नदीको बाढीले बाँसगढी नगरपालिकाको वडा नम्बर ८ र ९ मा २ सय १० घर डुवान हुँदा ११ घरधुरीका ४८ जना विस्थापित भए। जसमध्ये ४ घरका मानिसहरू आफ्नो घर फर्केका छन्। बाँकी बालविकास केन्द्र र रेशमपुर सामुदायिक भवनमा आश्रय लिएका छन्। बाँसगढीमा रेशमपुर, कुनैठी र बनगौरी गाउँ प्रभावित बनेको उनले बताए। बारबर्दिया नगरपालिका बबई नदीको बाढीका कारण वडा नम्बर ५, ७ र ८ का भगतपुर, दूधा, सिम्रहवा, बेतहनी, सिउनीया, गुमस्ता, जब्दहवा, सदशिव र गलरा गाउँ प्रभावित भएका हुन्। तिनवटा वडामा डुबान भएका १ सय ६२ घरमध्ये ७ घरका विस्थापित बनेका ३६ जना अहिले घर फर्किसकेका छन्। ‘बढैयाताल गाउँपालिकाको वडा नम्बर ४ मा १६ घर डुवानमा परी सबै घर विस्थापित बने। विस्थापित ७८ जना सबै घर फर्किएका छन्’, डीएसपी बोहराले भने, ‘बढैयातालमा सेप्टीरिहार र रामनगर डुबानमा प¥यो। राजापुर नगरपालिका वडा नम्बर १ चनौरामा कर्णाली नदीको कटानका कारण ३ घर डुबान हुँदा सबै विस्थापित भए। उनीहरू ९ जना अझै नदी किनारको ड्याम साईटमा त्रिपालमुनी आश्रय लिइ रहेका छन्। बबई नदीमा दाउरा समात्ने क्रममा गुलरिया नगरपालिका निवासी महेश चौधरी, अक्षय थारु र बालकृष्ण थारु बेपत्ता भए। उनीहरूको खोजी भइरहेको छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.