नुवाकोटको बट्टारमा चार्जिङ स्टेशन
नुवाकोट : नुवाकोटको बट्टारमा दुई वटा विद्युतीय गाडी चार्जिङ स्टेशन निर्माण गरिएको छ। विदुर नगरपालिका-४ बट्टार बसपार्क र हावाघरमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो।
विदुर नगरपालिकाले जग्गा उपलब्ध गराएपछि बट्टारको वसपार्क र हावाघरमा चार्जिङ स्टेसन निर्माण गरिएको हो। नगरपालिकाले उपलब्ध गराएको बसपार्कको जग्गामा बागमती प्रदेश सरकारले चार्जिङ स्टेसन निर्माण गरेको हो।
बट्टार बसपार्कमा निर्माण गरिएको चार्जिङ स्टेसन जीबीटी हो भने हावाघरमा निर्माण गरिएको चार्जिङ स्टेसन सीएसएस हो। वसपार्कमा निर्माण गरिएको चार्जिङ स्टेसनमा वस तथा सार्वजनिक यातायातका लागि बनाइएको हो।
विद्युतीय गाडीको चार्जिङ स्टेसन निर्माण गरिएपछि यसका प्रयोगकर्ताहरु काठमाडौं तथा अन्यत्र चार्ज गर्न जानुपर्ने बाध्यता हटेको छ। नुवाकोटमा समेत विद्युतीय गाडीप्रति प्रयोगकर्ताको आकर्षण वढिरहेको छ।