समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक जारी
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : समाजवादी मोर्चाको बैठक जारी रहेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा समाजवादी मोर्चाको बैठक बसेको हो। 

बैठकमा मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति, सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो ।

मोर्चामा सरकारमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् । null

पछिल्लो समय मोर्चामा आबद्ध दलहरूबीच देखिएको अविश्वास देखिएको छ। मोर्चाको अध्यक्षता गर्दै आएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारको सरकारी जग्गा ‘ललिता निवास’ प्रकरणमा तानिएपछि सरकारप्रति सशंकित छन् ।

सर्वोच्च अदालतले आफूसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि अध्यक्ष नेपाल झस्किएका हुन् । तर सत्ता गठबन्धनले भने सर्वोच्चको फैसलाप्रति आपत्ति जनाएका छन्। 
 
सरकारले गौरहत्याकाण्डका पीडितलाई न्याय दिने गरी पाँच बुँदे सम्झौता गरेपनि प्रचण्डसँग उपेन्द्र यादव रुष्ट बनेका छन्। २०६३ चैत ७ मा रौतहटको गौरमा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको निर्मम हत्या गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.