खाल्डोमा डुबेर नाबालकको मृत्यु
विराटनगर : मोरङको सुनवर्षीमा पानी जमेको खाल्डोमा डुबेर मंगलबार एक नाबालकको मृत्यु भएको छ। सुनवर्षी नगरपालिका-५ का मुकेशकुमार दासका ३ वर्षीय छोरा नीलकुमार दासको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घरबाट ३० मिटरजति दक्षिणमा रहेको पानी जमेको खाल्डोमा डुबिरहेको अवस्थामा दिउँसो १२ बजेतिर नाबालकलाई फेला पारिएको हो।
नाबालकलाई डुबिरहेको अवस्थामा काका सन्तोष दासले देखेपछि प्रहरीलाई खबर गरेका हुन्। घाइते अवस्थामा उद्दार गरेर उपचारका लागि रंगेली अस्पताल ल्याइएको थियो।
अस्पताल ल्याइपुर्याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए।