बचतकर्ताको १ अर्बभन्दा बढी रकम हिनामिना गर्ने सहकारीका सञ्चालकलाई पक्राउ गर्न सिफारिस

बचतकर्ताको १ अर्बभन्दा बढी रकम हिनामिना गर्ने सहकारीका सञ्चालकलाई पक्राउ गर्न सिफारिस
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले बचतकर्ताको १ अर्बभन्दा बढी रकम हिनामिना गर्ने सहकारीका सञ्चालकलाई पक्राउ गर्न सिफारिस गरेको छ। 

बचतकर्ताहरूको १ अर्बभन्दा बढी निक्षेप रकम फिर्ता गर्न नसकेर सम्पर्कविहीन भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेर सञ्चालकहरूलाइ पक्राउ गरी कारबाही गर्न महानगरपालिकाले विभिन्न निकायमा पत्राचार गरेको हो। 

वीरगन्ज महागरपालिका-१० आदर्शनगरस्थित सहकारीलाई समस्याग्रस्त संस्था घोषणा गरी सञ्चालकहरूलाई पक्राउ गरी कारबाही गर्न महानगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी )र नेपाल राष्ट्र बैंकलाई भदौं ४ गते छुट्टा छुट्टै पत्रचार गरेको हो। 

पत्रमा उक्त सहकारीले सहकारीजन्य ठगीको कसूर गरी संस्थाका सदस्यहरूले बचत गरेको करिब १ अर्ब रकम हिनामिना गरी फिर्ता नगरेको देखिएकाले उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरी संस्थाका सञ्चालक र पदाधिकारीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ। 

महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ। 

यस्तै नेपाल राष्ट्र बैंकलाई लेखिएको पत्रमा सहकारीका संरक्षक, पूर्व सञ्चालक, वर्तमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको बैंक खताका साथै चल–अचल सम्पत्ति रोक्का गर्न महानगरले सिफारिस गरेको छ।

यस्तै सिआइबीलाई पठाइएको पत्रमा संस्थाका संस्थापक एवं संरक्षक गितेन्द्रबाबु (जिबी राई) ,अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य अशोक यादव,  थानबहादुर बुढामगर र धिरज दास, संस्थाका व्यवस्थापक असरफ अली, पूर्व उपाध्यक्ष नेहा पौडेल, पूर्व सचिव तस्बिरन मियाँ, पूर्व कोषाध्यक्ष सृष्टि मानन्धरसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरिएको छ।     

सहकारीले ठगी गरेको कसुर पाइएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्दै कारबाही  र सम्पत्ति रोकाका लागि सिफारिस गरिएको महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबर्द्धन शाखाका प्रमुख सुनिल कर्णले जानकारी दिए। 

उनले भने,‘उक्त सहकारी संस्थाले सहकारी जन्य कसुर गरी संस्थाका सदस्यहरूको बचत रकम फिर्ता नगरेको, सेयर सदस्यहरूको हित विपरीत रकम हिनामिना गरी आफू र आफ्ना आफन्तका नाममा सम्पत्ति लुकाई सहकारी संस्थालाई अन्य संस्थासँग एकीकरण गरेको, बचतकर्ताहरूको बचत रकम फिर्ता नगर्ने मनसायले आर्थिक कारोबार गरेको देखियो, त्यसैले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरी सञ्चालक तथा पदाधिकारीहरू उपर छानबिन गरी कारबाहीका लागि आवश्यक कागजातसहित तीनवटै निकायमा महानगरले सिफारिससहितको पत्र पठाएको हो।’

कर्णका अनुसार सहकारीले सदस्यहरूले बचत गरेको निक्षेप रकम फिर्ता गर्न नमानेको भन्दै महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबर्द्धन शाखामा एक सय १५ वटा लिखित उजुरी परेको छ। 

सददस्यहरूको उजुरी पर्न थालेपछि महानगरपालिकाले संस्थाका संरक्षक जिबी राईसहितका सञ्चालकहरूलाई गत असार २४ गते महानगरपालिकाको कार्यालयमै झिकाएको थियो। उक्त बैठकमा सञ्चालक र व्यवस्थापकहरूले समस्या समाधानका लागि १५ दिनको समय मागेका थिए।

उक्त समय बितेपछि महानगरपालिकाको एक टोली सहकारीको कार्यालयमा अनुगमनका लागि पुगेको थियो। तर अनुगमनमा पुग्दा सहकारीको कार्यालयमा संरक्षक , सञ्चालक , पदाधिकारी र व्यवस्थापक मध्ये कोही पनि नभेटिएको कर्णले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.