बट्टार बजारमा चार्जिङ स्टेसन

बट्टार बजारमा चार्जिङ स्टेसन
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको बट्टार बजारमा दुई विद्युतीय गाडी चार्जिङ स्टेसन निर्माण गरिएको छ।  विदुर नगरपालिका– ४ बट्टार बसपार्क र हावाघरमा  विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो।  बट्टारको बसपार्क र हावाघरमा चार्जिङ स्टेसन निर्माण गर्न विदुर नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो। नगरपालिकाले उपलब्ध गराएको बसपार्कको जग्गामा बागमती प्रदेश सरकारले चार्जिङ स्टेसन निर्माण गरेको हो।

बट्टार बसपार्कमा निर्माण गरिएको चार्जिङ स्टेसन जीबीटी हो भने हावाघरमा निर्माण गरिएको चार्जिङ स्टेसन सीएसएस हो। बसपार्कमा निर्माण गरिएको चार्जिङ स्टेसनमा बस तथा सार्वजनिक यातायातको लागि बनाइएको हो।

विद्युतीय गाडीको चार्जिङ स्टेसन निर्माणले यसका प्रयोगकर्ताले काठमाडौं तथा अन्यत्र चार्ज गर्न जानुपर्ने बाध्यता हटेको छ। नुवाकोटमा समेत विद्युतीय गाडीप्रति प्रयोगकर्ताको आकर्षण वढिरहेको छ।

हावाघरमा निर्माण गरिएको सीएसएस चार्जिङ स्टेसन विद्युतीय गाडीहरूका लागि बनाइएको हो। बसपार्कमा नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, स्थानीय तह र बागमती प्रदेश सरकारले संयुक्त रूपमा चार्जिङ स्टेसन निर्माण गरेका हुन्। यातायात सेवालाई सर्वसुलभ पहुँचयोग्य यातायात प्रणाली सञ्चालन गरी आगामी २०८५ सालभित्र प्रदेशको ठूला सहरबाट पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनलाई विस्थापन गर्ने गरी बागमती प्रदेशबाट सुरु भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.