संसदका दसवटै समितिको सभापति निर्विरोध चयन

संसदका दसवटै समितिको सभापति निर्विरोध चयन
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतका दसवटै समितिको सभापति निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, अर्थ समितिमा सन्तोष चालिस र कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति आरजु राणा देउवा सर्वसम्मत चयन भएका हुन्। 

त्यस्तै सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल र एमालेकै किरणकुमार साह महिला तथा सामाजिक मामिला समितिको सभापति सर्वसम्मत चयन भए। 

त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादीकी विमला सुवेदी, पूर्वाधार विकास समितिमा दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भानुभक्त जोशी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राजकिशोर यादव र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका हुन्। 

उद्योगमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले समेत उम्मेदवारी दिएका थिए। अन्तिम समयमा उनले उम्मेदवारी फिर्ता लिएपछि खान निर्विरोध बनेका थिए। उनीहरूले आजै पद तथा गोपनियताको सपथ लिनेछन्। 

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.