आदिवासी साउदीको अध्यक्षमा पुनः खेम गुरुङ चयन

आदिवासी साउदीको अध्यक्षमा पुनः खेम गुरुङ चयन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

साउदी : नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) राष्ट्रिय समन्वय परिषद, साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशनबाट खेम गुरुङ पुनः अध्यक्षमा चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा  रोशन श्रेष्ठ ,उपाध्यक्ष  सुक गुरुङ ,उपाध्यक्ष  बमबहादुर थापामगर , उपाध्यक्ष  विजय लामा, उपाध्यक्ष लोकेन्द्र फियाक लिम्बू,उपाध्यक्ष प्रवेश थुलुङ राई , महासचिव  सुमन योङहाङ ,उपमहासचिव  पासाङ शेर्पा , सचिव रोशन घलान तामाङ ,सहसचिव  इन्दिरा श्रेष्ठ चयन भएका छन्।

यसैगरी कोषाध्यक्षमा  चित्रकुमार चाम्लिङ राई ,सह-कोषाध्यक्षमा  ओमबहादुर कुमाल,प्रवक्तामा राज तामाङ चयन भएका छन् छन्।  केन्द्रीय सदस्यहरूमा मिना योन्जन तामाङ,चन्द्र राई, भिम बुढा मगर, प्रेम इजम लिम्बू, प्रेम कुमाल, गोबिन्द चौधरी, बेलबहादुर सारु मगर , जयन्ती अन्छङ्बो लिम्बू ,रबिन तामाङ (रोशन) ,आइत लिम्बू  मनोज दुरा गरी २५ जना रहेका छन् भने संरक्षक समितिअन्तर्गत प्रमुख संरक्षक ओम घले,संरक्षक सदस्य , श्रीप्रसाद यावा लिम्बू , तुलसिमाया गुरुङ रहनुको साथै प्रमुख सल्लाहकारमा बिरेन्द्रकुमार चौधरी,सल्लाहकार राजेश सेन्दाङ र  पुष्पा राई चयन भएका छन् । 

'आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा' भन्ने मुल नाराका साथ '२९ औं विश्व आदिवासी दिवस' एवम् पाचौं राष्ट्रिय महाधिवेशनमा  विभिन्न नेपाली मौलिक संस्कार,संस्कृति  झल्किने सांस्कृतिक कार्यकम तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियो भने कार्यक्रममा  आदिवासी आन्दोलनका क्रममा विभिन्न समयहरूमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदको सम्झानामा १ मिनेट मौनधारण समेत गरिएको थियो।

आदिवासी जनजाती महासंघ साउदीमा आवद्ध जातीय संस्थाहरू तमु धि नेपाल, प्रवास शाखा साउदी ,नेपाल मगर संघ, शाखा साउदी अरब, किरात राई यायोक्खा शाखा साउदी अरब, नेपाल तामाङ घेदुङ साउदी अरब,नेवास्समाज साउदी अरब,किरात याक्थुङ चुम्लुङ साउदी अरब,युवा कुमाल समाज साउदी अरब गरि ७ जातिय संस्थाहरु आवद्ध रहेका छन् । 

साउदी अरेबिया जातिय संस्थाले समय अनुकूल आफ्नो धर्म, संस्कृति र कलाको प्रदर्शन तथा सम्मान गर्दै  प्रवासमा अलपत्र परेका नेपालीलाई आवश्यक अनुसार नेपाली दूतावास र विभिन्न संघ संस्थासँग समन्वय गरि  सहयोग समेत गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.