पाल्पामा स्कार्पियो दुर्घटना, ६ जना घाइते

पाल्पामा स्कार्पियो दुर्घटना, ६ जना घाइते

पाल्पा : पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो। सालझन्डीबाट गुल्मीको दिगाम आउँदै स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए।

दुर्घटनामा ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम रहेको छ। ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। दुर्घटनामा परेर घाइते भएका सबैलाई उपचारको लागि पाल्पास्थित  लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।

स्कार्पियो ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ। गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियो जीपमा एक्कासि ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.