दुई किलोमिटर सडक कालोपत्रे गर्न सात पटक म्याद थप

दुई किलोमिटर सडक कालोपत्रे गर्न सात पटक म्याद थप
सुन्नुहोस्

गुल्मी : गुल्मीमा ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ८ वर्ष बितिसक्दा पनि साढे २ किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन। 

तम्घासदेखि खाम्सेपानी अन्तर्गत सुपाखोलासम्मको सडक कालोपत्रेको काम अलपत्र परेको छ। १० महिनामा साढे २ किलोमिटर सडक कालोपत्रे गर्ने गरी निर्माण कम्पनीले योजनाको सम्झौता गरे पनि हालसम्म काम भएको छैन। 

समयमै सडक कालोपत्रे नहुँदा सवारी चालक, यात्रु हिउँदमा धुलो र बर्खायामको समय हिलोमा यात्रा गर्न बाध्य रहेको स्थानीय मुमाराम पाण्डेले बताए। ठेकेदारको मनोमानी र ढिलासुस्तीले सडकको काम कछुवाको गतिमा हुँदा नागरिकले महंगो भाडा तिर्न परिरहेको स्थानीय पाण्डको गुनासो छ। 

सडकको दुर्दशा देख्न नसकेर ठेकेदारलाई दबाब र समयमै सडक कालोपत्रेको माग गर्दै स्थानीयले रेसुंगा नगरपालिकामा निवेदन दर्ता गराएका थिए। तर, नगरपालिकाबाट निवेदन उपर कुनै सुनुवाइ र जवाफ नआएको उनीहरूको भनाइ छ। विभिन्न वाहाना बनाएर ठेकेदारले काममा ढिलासुस्ती र सडकमा अव्यवस्थित निर्माण सामग्री राखेर आवतजावतमै सास्ती दिएको उनीहरूको आरोप छ। 

उक्त कम्पनीले तम्घासदेखि खाम्सेपानी अन्तर्गत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने ७ करोड १९ लाख ८७ हजार ७० रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो। २०७२ चैत्र ३० गते काम सक्ने गरेर २०७१ असार ३१ गते लोहनी एण्ड बोर्दस् प्रालि चितवनले कार्यालय सँग सम्झौता गरेको थियो। निर्माण कम्पनीले ८ वर्षमा ७ पटकसम्म म्याद थपे पनि सडक कालोपत्रे हुन सकेको छैन। हालसम्म सडकको भौतिक प्रगति ९० प्रतिशत, वित्तीय प्रगति ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ। 

पाल्पा सडक डिभिजन कार्यालयबाट योजनाको सम्झौता भएको थियो। उक्त सडक तम्घास सिमलटारी प्यूठान, सडक पूर्वाधार विकास कार्यालय सिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीले हेरिरहेको छ। अन्तिम पटक ठेकेदार कम्पनीले २०८० जेठ ०२ गतेसम्म सातौं पटक म्याद थपे पनि अहिलेसम्म सडकको अवस्था उस्तै छ। 

सडक ग्रावेल र नालीको काम भएको छ। तर, सडक कालोपत्रे कहिले भन्ने टुंगो छैन। निर्माण कम्पनीलाई सडक पूर्वाधार विकास कार्यालय गुल्मीले ७ पटकसम्म काम सक्न पत्राचार गरेको छ। ठेकेदारले काममा बेवास्ता गरेपछि कार्यालयले रकम समेत निकासा गरेको छैन। 

ग्राभेल गरेको सडकको विभिन्न ठाउँमा जीर्ण, घाँसले झाडी र कम्पनीले निर्माणका सामग्री राखेपछि सडक साँघुरो हुँदै गएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.