वडामै पुगेर अपांगता परिचयपत्र वितरण

वडामै पुगेर अपांगता परिचयपत्र वितरण

गुल्मी : इस्मा गाउँपालिकाले वडा तहमै पुगेर अपांगता परिचयपत्र वितरण तथा नवीकरण सुरु गरेको छ। अपांगता भएका व्यक्तिलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले परिचयपत्र वितरण तथा नवीकरण अभियान सुरु गरेको हो। 

आइतबारदेखि पालिकाभित्रका ६ वटै वडामा पुगेर अपांगता व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरेर परिचयपत्र वितरण तथा नवीकरण गर्ने कार्यक्रमको शुभारम्भ गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले जानकारी दिइन्। 

पहिले वितरण भएका परिचयपत्रको नागरिकबाट व्यापक जनगुनासो आएपछि वडातहमै पुगेर वास्तविक अपांगताको पहिचान गरेर मात्रै परिचयपत्र वितरण थालिएको उनले बताइन्। 

पहिलो दिन गाउँपालिकाले एक जनालाई (क) वर्गको र तीन जनालाई (ख) वर्गको परिचयपत्र वितरण गरेको छ। पालिकाभित्र १ सय ७५ जना (ख) वर्गका अपांगता र ७८ जना (क) वर्गका अपांगता रहेका छन्। 

यसपटक गाउँपालिकाले स्वास्थ्य शिविरबाट पहिचान गरेर मात्रै परिचयपत्र वितरण गर्ने भएको छ। परिचयपत्र वितरणमा पालिकाले जनगुनासाको मध्यनजर राख्दै पहिले भन्दा केही कडाइ गरेको छ।

अपांगता नभएका व्यक्तिले पनि यसअघि परिचयपत्र  बनाएको गुनासो आएकाले उक्त परिचयपत्र खोजेर खारेज गर्न निःशुल्क शिविर समेत सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए। 

अध्यक्ष खड्काले वास्तविक अपांगता भएकाहरूलाई परिचयपत्र दिलाउन र पहुँचका आधारमा परिचयपत्र लिन खोज्नेलाई नदिन समेत आग्रह गरेका छन्। भदौ १७ गतेदेखि सुरु भएको परिचयपत्र वितरण कार्यक्रम भदौ २५ गतेसम्म चल्ने छ। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.