एमाले लुम्बिनी प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी
बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो १ बजेसम्म चल्नेछ ।
भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी प्रतिस्पर्धामा छन्।
महाधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ४ जना प्रतिनिधिले मतदान गर्नेछन् ।