‘स्वदेशी र विदेशी लगानीले देशको विकास’

‘स्वदेशी र विदेशी लगानीले देशको विकास’
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउनका लागि स्वदेशी तथा विदेशी लगानी आवश्यक भएको बताएका छन्। लगानी बोर्ड नेपालको १२औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत समावेशी र उत्पादनशील विकासको आधार सिर्जना गर्न स्वदेशी तथा विदेशी लगानी अपरिहार्य रहेको उल्लेख गरे।

लगानीको वातावरण सुधार गरी सरकारले लगानीकर्ताका हरेक चासो, सरोकार र समस्यालाई सम्बोधन गर्दै आएको र त्यसलाई आगामी दिनमा अझै प्रभावकारी बनाउने कुरामा उनले विशेष जोड दिए। उनले लगानी बोर्डमार्फत सार्वजनिक–निजी साझेदारी र निजी प्रत्यक्ष लगानीका परियोजना कार्यान्वयनले गति लिएको उल्लेख गरे। 

त्यस्तै, लगानी बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशीसहित ठूलो निजी लगानी आकर्षित गर्न आवश्यक रहेको बताए। उनले सार्वजनिक–निजी साझेदारी र प्रत्यक्ष निजी लगानीमा पूर्वाधार र उत्पादनमूलक उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। 

लगानी बोर्डले स्थापनाको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ। यस अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँबराबरको लगानी परिचालन भएको छ। त्यस्तै ६ हजार र ३ हजारटन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होड्सी शिवम् सिमेन्ट र हुवासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आएका छन्। धरानमा बेस्ट टु इनर्जी परियोजना निर्माण पूरा भई सञ्चालनमा आएको उल्लेख गरेको छ।

बोर्डका अनुसार ९०० मेगावाटको अरुण–३ जलविद्युत् परियोजना, २१६ मेगावाटको माथिल्लो त्रिशूलीलगायतका परियोजना कार्यान्वयनका क्रममा छन् भने ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेका छन्। ४५० मेगावाटको सेती नदी–६ सहित राष्ट्रिय गौरवको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसीसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयार भइरहेको बताइएको छ। यसका साथै ३२७ मेगावाटको अपर मस्र्याङ्दी–२ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भइरहेको छ र पीडीएको तयारीसमेत सुरु भएको बोर्डले जनाएको छ। 

नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँबराबरको पुनर्लगानी गर्ने भएको छ। लगानी बोर्डको ५५औं बैठकबाट चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समितिले कार्य थालनी गरेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.