गुल्मीमा आगामी कात्तिक १५ गतेदेखि औद्योगिक एवं व्यापार मेला महोत्सव

गुल्मीमा आगामी कात्तिक १५ गतेदेखि औद्योगिक एवं व्यापार मेला महोत्सव
सुन्नुहोस्

गुल्मी : गुल्मीमा आगामी कात्तिक १५ गतेदेखि २५ गतेसम्म महोत्सव हुने भएको छ। गुल्मी उद्योग संघको आयोजनामा आगामी कात्तिक १५ गतेदेखि २५ गतेसम्म औद्योगिक एवं व्यापार मेला महोत्सव हुने भएको छ। 

महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरूसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेषका खाना परिकारहरू, विभिन्न संस्कृति झल्किने झाँकीहरू पनि प्रदर्शन गरिने संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए।

जिल्लामा ठूला उद्योग नभएकाले साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष भुसालले बताए।

महोत्सवमा स्थानीयस्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पुर्‍याउने आयोजकले जनाएको छ। 

महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औद्योगिक प्रवर्द्धनसँगै पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन र प्रचारप्रसार महत्वपूर्ण उद्देश्य रहेको आयोजकले जनाएको छ।

महोत्सव हालसम्म सदरमुकाम तम्घास बजारस्थित चिदिचौरमा गरिँदै आए पनि यस पटक उपल्लो तम्घासमा हुने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.