नुवाकोटमा विकासको ठूलो सम्भावना छः अर्थमन्त्री डा. महत

नुवाकोटमा विकासको ठूलो सम्भावना छः अर्थमन्त्री डा. महत
सुन्नुहोस्

नुवाकोट  : अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताएका छन्। 

नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा. महतले चीनसँग जोडिएको रसुवागढी धेरै टाढा नभएको र व्यापार, पर्यटन, कृषि र उद्योग व्यवसायमा अथाह सम्भावना रहेको बताए। 

‘अर्थमन्त्री महतले भने, ‘नुवाकोट खाद्यान्नमा आत्मनिर्भर छ। निर्यातका वस्तु धेरै छन्। कृषि उत्पादकत्व बढाउन यसपटकको बजेटमा उत्पादनमा अनुदानको व्यवस्था गरिएको छ। कागज बनाएर अनुदान खाने हो प्रवृत्ति अन्त्य भयो। अब उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेका छौं। कृषि मन्त्रालयलाई लागू गर्नुस् भनेका छौं।'

कृषि उत्पादन, फलफूल खेती, चिया कफीलगायत तमाम कृषि उत्पादनको नुवाकोटमा सम्भावना रहेको उनको भनाइ छ। 'त्यसमा पनि महिला दिदी बहिनीहरुले अगुवा गर्नुपर्छ। महिला दिदी बहिनीहरूकै नाममा हामीले औद्योगिक पार्कको पाँचखालमा घोषणा गरेका छौं। त्यसको एक्सटेन्सन नुवाकोटमा पनि हुनुपर्छ', उनले भने। 

बाटोको सञ्जाल निर्माणमा केही समयदेखि नुवाकोटमा अवरुद्ध छ। 'पहिला लगानी भएको थियो। बीचमा अवरुद्ध भयो। अहिले सुरु हुन थालेको छ। त्रिशुली–बालाजु सडकमा नेपाल सरकारले नै कार्यान्वयन गर्ने गरी बजेट परेको छ। गंगटेबाट समुन्द्रटार हुँदै भञ्ज्याङसम्म पुग्ने सडकमा यथेस्ट बजेट परेको छ। चाहे सूर्यगढी जाने बाटो होस् वा विभिन्न गाउँपालिका जाने बाटोमा बजेट परेको छ,' अर्थमन्त्री महतले भने। 

ढिकुरे सिँचाइको निर्माण भइसकेपछि १२ महिना नै सिचाइँको सुनिश्चिता हुने उनले बताए।  त्यसलाई समयमै ठेक्का लगाएर कार्यान्वयन गर्नुका लागि उनले आग्रह गरे। विदुर नगरपालिकामा ढललगायत निकासको समस्या न्यूनीकरणका लागि ६५ करोड रुपैयाँको बजेट सुनिश्चित गरेको जानकारी दिए। 

‘छहरे–टोखा सुरुङ मार्ग लामो समयदेखि चर्चामा रह्यो। यसलाई निर्णायक मोडमा पुर्याउनुपर्छ भनेर मैले एक अर्ब बजेट राखेको छु। यद्यपि यो ५० अर्ब लाग्ने आयोजना हो। अहिलेको प्रयासले पुग्दैन। प्रधानमन्त्रीज्यूको टोली चीन भ्रमणमा जाँदैछ। हामीले यो सुरुङमार्ग निर्माणमा चीन सरकारको सहयोग मागेका छौं।  त्यो भयो भने यसले पूर्णता पाउँछ। यो निर्माणमा समय लाग्छ, त्यसैले धैर्यताको आवश्यकता छ,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.