उदयपुरका चार सडक विकासका ‘मेरुदण्ड'

उदयपुरका चार सडक विकासका ‘मेरुदण्ड'
सुन्नुहोस्

उदयपुर : भौगोलिक विकटताका कारण विकास निर्माणले पछि परेको उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ (प्रतिनिधिसभा) का चारवटा मुख्य सडकलाई विकासको मेरुदण्ड ‘लाइफलाइन'का रूपमा अघि सारिएको छ। 

जनतासँग संसद कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले आफ्नो निर्वाचन क्षेत्रको विकासको ‘मोडालिटी' सार्वजानिक गर्दै पहिलो चरणमा चारवटा मुख्य सडक र ‘उदयपुर–२ उज्यालो' अभियान विकासको मेरुदण्ड भएको बताए। 

लाइफलाइन सडकतर्फ मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा हुँदै सगरमाथासँग जोड्न, सिद्धिचरण लोकमार्गलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने, मुर्कुची–पुवाँरे–माझखर्क–बाँस्बोटे–कुनाईघाट हुँदै पुर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी जोड्ने उनले बताए।

त्यसैगरी ७८ किलोमिटर रहेको सुनकोसी करीडोरलाई तीव्रता दिने र पहाडी क्षेत्रको महाभारतलाई जोड्ने गरी वेरौनी–माझखर्क–लाफागाउँ–कुर्लेटार सडक आफ्नो कार्यकालमा प्राथमिकतामा रहेको बताए। 

सांसद रायमाझीले भने, ‘चालु आर्थिक वर्षमा संघीय सरकार साना र ठूला गरी एक सय वटा योजना छन्। सोही अन्तर्गत निर्वाचन क्षेत्रभित्र पर्ने सबै पालिका जोड्ने सडकलाई पक्की बनाउने तयारीमा छौं। चार वटा स्थानीय तह कटारी नगरपालिका, ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङ्गबुङ्ग गाउँपालिकाका ४० वटा वडा क्षेत्र नम्बर २ मा छन्,' उनले भने, ‘यी सबै वडाका बस्तीमा ‘उज्यालो २ नम्बर' बनाउने गरी टेण्डरका काम अघि बढाएका छौं।' 

त्यसैगरी १४ वटा प्याकेज रहेको सुनकोसी करिडोरको कामसमेत सुरु भइसकेको उनले जानकारी दिए। सांसद रायमाझीले जनताको विकास पाउने अधिकारलाई सुनिश्चित गर्न चार वटै स्थानीय तहमा जनताको माग र आवश्यकता अनुसार लिफ्टिङ खानेपानी आयोजनाका काम सुरु भइसकेको बताए।

देशको आर्थिक मन्दीका कारण सोचेअनुरूप सरकारले बजेट व्यवस्थापन गर्न नसके पनि चालु आर्थिक वर्षमा निर्वाचन क्षेत्रमा १४ वटा पुल र अन्य विकास निर्माण गरी एक सय वटा योजना रातो किताबमा पार्न सफल भएको बताए। 

उनले रौतापोखरीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी प्रदेश सरकारसँग समन्वय गरी सडक विस्तार, भौतिक पूर्वाधारका कामहरू यसै आर्थिक वर्षबाट सुरु हुने बताए।

रायमाझीले रौतापोखरीसँगै अन्य पालिकाका पर्यटकीय र धार्मिक क्षेत्रको विकास निर्माणमा जुटेको बताए। यसका साथै रौतामाई गाउँपालिका-३ को खानेपानी समस्या समाधान, जनताको जनजीविकाको सवाल, शिक्षा, स्वास्थ्य, रोजगार, कृषिजन्य वस्तुको व्यवस्थापनका कामलाई प्राथमिकताका साथ अघि सारिएको उनले बताए। 

उनले चुनढुंगाको खानी क्षेत्र, जडिबुटीको सम्भाव्यता अध्ययन गरी औधोगिक क्षेत्रका रूपमा विकास गर्न र हावापानी, माटो सुहाउने गरी कृषि क्षेत्रमा लगानी वृद्धि गर्ने गरी सरोकारवाला निकायसँग समन्वय भइरहेका बताए। सांसद रायमाझीले सरकारी लगानीमा सञ्चालित एसियाकै प्रतिष्ठित उदयपुर सिमेन्ट उद्योग पछिल्लो समय धरासयी बन्दै गएकोमा दुःख व्यक्त गर्दै यसलाई पुनजीवन दिन आफूले सदनमा मात्र नभई सरोकारवाला निकायसँग नियमित छलफलमा जुटेको बताए। 

कार्यक्रममा सहभागीहरूले विकास निर्माण सम्बन्धी सामूहिक समस्या उजागर गर्दै सम्बोधनका लागि सांसद रायमाझीलाई आग्रह गरेका थिए। उनीहरूले व्यक्तिका समस्याभन्दा पनि साझा समस्यालाई प्राथमिकता दिने गरी काम गर्न सके मात्र सबै जनताको मन जित्न सफल हुने बताए। 

‘राजनीतिक पाँच वर्षपछि गरौंला तर अहिले सामूहिक विकास गरौं', भन्ने मुलमन्त्र लिएर अघि बढेका रायमाझीले विकासका बारेमा प्रत्येक महिना राजनीतिक दल, स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधि, सामाजिक संघसंस्था, जनता र सरोकारवाला निकायसँग छलफल चलाउने गरेको स्वकीय सचिव सञ्जीव कार्कीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.