मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

जनकपुरधाम : मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन भएको छ । मधेश प्रदेशसभामा जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य विन्दु यादवको निधन भएको हो ।  

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य समेत रहेकी यादवको जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालमा निधन भएको हो ।

४४ वर्षीया यादव क्यान्सर रोगबाट पीडित थिइन् । उनको आज बिहान ८:३० बजे निधन भएको हो । 

मंगलबार बिहान साढे ८:३० बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. रामनरेश पण्डितले जानकारी दिए । उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनअघि प्रादेशिक अस्पताल जनकपुरको आइसीयू कक्षमा उपचार भइरहेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.