एमाले सचिवालयको आकस्मिक बैठक : नेम्वाङको निधनमा शोक प्रस्ताव पारित,असोज २ गते श्रद्धाञ्जली सभा

एमाले सचिवालयको आकस्मिक बैठक : नेम्वाङको निधनमा शोक प्रस्ताव पारित,असोज २ गते श्रद्धाञ्जली सभा
तस्बिर : अन्नपूर्ण

काठमाडौं : नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । मंगलबार च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले एमाले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र उनको निर्वाचन क्षेत्र इलाममा शोकपुस्तिका राख्ने निर्णय समेत गरेको छ।

सचिवालयको आकस्मिक बैठकले विशेष शोक प्रस्ताव पारित गरेको छ । असोज २ गते विशेष श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ।

बैठकका क्रममा एमालेले नेम्वाङको कुर्सीमा फूलमाला राखेको थियो । 

नेम्वाङको हृदयघातबाट मंगलबार राति निधन भएको हो । हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा त्यहीँ निधन भएको हो।

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा  राखिएको छ।

श्रद्धाञ्जली दिन त्यहाँ एमाले नेता,कार्यकर्ता तथा शुभचिन्तकहरूको भीड लागेको  छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली दिएका छन्। 

नेम्वाङलाई नेकपा समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगरलगायतले श्रद्धाञ्जली दिएका छन्। नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यालयमा राखिनेछ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.