रेसुङ‍गामा तीन महिनापछि नियमित उडान सुरू, भाडादर पनि बढ्यो

रेसुङ‍गामा तीन महिनापछि नियमित उडान सुरू, भाडादर पनि बढ्यो
तस्बिर : अन्नपूर्ण

गुल्मी : गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिनापछि नियमित उडान सुरू भएको छ । मौसममा सुधार आएसँगै शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान भरेको हो । मौसम हेरेर अबदेखि प्रत्येक हप्ताको मंगलबार र शुक्रबार नियमित उडान भर्ने नेपाल एयरलाइन्स रेसुङ्गा स्टेसन इन्चार्ज सुमन थापाले जानकारी दिए । 

शुक्रबार काठमाडौंबाट रेसुङ्गा ११ जना यात्रु आएका छन् । रेसुङ्गाबाट काठमाडौंका लागि तीनजना मात्रै यात्रु थिए । मौसम खराबीले पटकपटक विमान उडान नभएपछि यात्रु मारमा परेका थिए। 

सरकारले भ्याट लगाएसँगै भाडादर वृद्धि भएको छ। नयाँ भाडादरअनुसार रेसुङ्गादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुङ्गा ७ हजार २ सय ८० रुपैयाँ कायम गरिएको रेसुङ्गा स्टेसन इन्चार्ज थापाले जानकारी दिए । 

पुरानो भाडादर​​​​​ रेसुङ्गादेखि काठमाडौं ६ हजार ३ सय रुपैयाँ र काठमाडौंदेखि रेसुङ्गा ७ हजार २ सय ८० रुपैयाँ थियो। 

गत बैशाखको अन्तिम सातादेखि व्यवसायिक उडान सुरू गरेपनि मौसम खराबीका कारण उडान हुन सकेको थिएन् । रेसुङ्गा विमानस्थलमा विमान उडानको लागि बिहानी समय उपयुक्त मानिएको छ ।  शुक्रबारदेखि नियमित उडानको खबरले गुल्मीबासीमा थप उत्साह छाएको छ । 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.