प्रधानमन्त्रीले बीआरआई परियोजना अघि बढाउने विषयमा चीनसँग कुरा राख्नुपर्छ : एमाले नेता पन्त

प्रधानमन्त्रीले बीआरआई परियोजना अघि बढाउने विषयमा चीनसँग कुरा राख्नुपर्छ : एमाले नेता पन्त
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका नेता रघुजी पन्तले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले बीआरआई परियोजनालाई अघि बढाउने विषयमा कुरा राख्नुपर्ने बताएका छन्। 

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले बीआरआईमा सम्बन्धमा भएको सहमतिअनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने बताए।

भारतमा मात्रै बिजली बेच्दा नेपाललाई दबाबमा राख्नसक्ने भएकाले चीनमा पनि बिजुली बेच्नका लागि ट्रान्समिसन लाइन निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ। उनले चीनबाट नेपालमा आउन तीन-चार वटा नाकालाई सहजरूपमा सञ्चालनका लागि प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने बताए।

त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले दुवै मित्रराष्ट्रसँग राम्रो सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए। उनले भारतसँग खुल्ला सीमा, रितिरिवाज समान भएपनि चीनसंग पनि समान व्यवहारका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा देशको राष्ट्रियता कायम गर्दै महत्वपूर्ण छलफल हुने बताए। उनले क्रसबोर्डर कनेन्टीभिटी, व्यापार पारावाहनका क्षेत्रमा चीनसँग महत्वपूर्ण समझदारी बन्ने आशा व्यक्त गरे। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभा र त्यसपछि चीनको भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.