मुस्ताङमा धमाधम स्याउ संकलन हुँदै

मुस्ताङमा धमाधम स्याउ संकलन हुँदै
मुस्ताङकाे स्याउ
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा धमाधम स्याउ संकलन गर्न थालिएको छ । यसअघि जिल्लामा असोज अगावै स्याउ टिप्न नपाइने नियम लागु गरिएपनि तीज पर्वलाई लक्षित गरी मुस्ताङको स्याउ बगैँचामा पुगेर व्यापारीहरुले धमाधम संकलन गर्न थालेका हुन् ।

असोज १ गते हरितालिका तीज पर्व पर्ने भएको र पर्वमा स्याउको माग बढी हुने भएकाले जिल्लाको स्याउ टिप्ने निर्णयको बेवास्ता गर्दै व्यापारीले स्याउ संकलन गरेर बजार पुर्‍याउने चटारो चलेको हो । चाडपर्वमा कृषकले लगाएको स्याउको सुहाउँदो मुल्य पाउने भएपछि स्याउ टिप्न पाउने टाईमकार्डको अवज्ञा गर्दै मुस्ताङको स्याउ व्यापारीले धमाधम बजार पुर्‍याउने थालेको मार्फास्थित नेबिरा कृषि फार्मका प्रतिनिधि दिपक लालचनले जानकारी दिए । उनले मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिका क्षेत्रमा उत्पादित उच्च नत्व प्रविधिमा आधारित स्याउ टिप्ने चटारो चलेको बताए । 

फार्मका प्रतिनिधि लालचनले गत वर्ष १७०रुपैयाँ प्रति केजीमा बिक्री गरिएको स्याउ यसवर्ष १८० रुपैयाँ प्रति केजीमा बिक्री गरेको बताए । असोज अगावै स्याउ टिप्न नपाईने जिल्लाको नियमको खण्डन गर्दै कृषक लालचनले जिल्लाले गरेको स्याउ टिप्न नपाईने नियम अवैज्ञानिक र अपरिपक्क भएको टिप्पणी गरे । 

कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले उच्चघनत्व प्रविधिको ईटालियन स्याउ भदौ १५ गते अगावै पाकिसक्ने  बताए। उनले उच्चघनत्वको गाला ,फुजी,गोल्डेन र किङरोट स्याउमा असोज अगावै रस भरिलो हुने जानकारी दिए । तर, स्याउ उत्पादन र गुणस्तर कायम गर्न स्थानीय उन्नत जातका स्याउलाई भने असोजपछि मात्र टिप्दा उपयुक्त हुने केन्द्र प्रमुख बस्ताकोटीले सुझाए ।

यसअघि मुस्ताङको घरपझोङ गाउँपालिकाले असोज अगावै स्याउ टिप्न नपाईने नियमलाई कार्यान्वयन गर्न जोमसोम र मार्फा बजारक्षेत्रमा अनुगमन गरेको थियो । अनुगमनमा गाउँपालिकाले स्थानीय फुटकर व्यापारीले बिक्रीमा बेच्न राखेका २५ केजी स्याउ बरामत गरेको थियो ।

जिल्ला समन्य समिति मुस्ताङको पहलमा जिल्लाका ५ स्थानीय तहलाई समन्वय गरी असोज अगावै स्याउ संकलन गर्न नपाइने निर्णय गरेको थियो । पर्वलाई लक्षित गरी धादिङ,पोखरा,म्याग्दी,बाग्लुङ र मुस्ताङका स्थानीय व्यापारीहरु धमाधम स्याउ संकलन गर्न थालेका हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.