संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल शनिबार साँझ न्युयोर्क प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री दाहाललाई सभामुद देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले बिदाइ गरेका थिए। प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ। उनको विभिन्न राष्ट्रका प्रमुखहरूसँग साइडलाइन वार्तासमेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री दाहाल न्युयोर्कबाट असोज ५ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ।