प्रत्येक वर्ष बढ्दै लागूऔषध तस्करी

प्रत्येक वर्ष बढ्दै लागूऔषध तस्करी
फाइल तस्बिर।
सुन्नुहोस्

बागमती प्रदेशका १३ जिल्लामध्ये उपत्यका बाहेकको दश जिल्लामा प्रत्येक वर्ष लागूऔषध तस्करी बढ्दो क्रममा रहेको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ लागूऔषध मुद्दामा पक्राउ परेका २ सय ६५ जनाको मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक रेग्मीले बताए। उक्त वर्ष प्रदेशका १० वटा जिल्लामध्ये सबैभन्दा बढी मकवानपुरमा मुद्दा दर्ता भएको देखिन्छ। उक्त वर्ष मकवानपुरमा एक सय चार, चितवनमा ९५ वटा, सिन्धुलीका ३२ वटा, धादिङका १५ वटा, काभ्रेका आठ वटा, सिन्धुपाल्चोकका ५ वटा, नुवाकोट पाँच वटा र रामेछापका १ वटा गरी २ सय ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ। जसमा चितवनमा एक सय ४२ जना, मकवानपुरमा एक सय ६० जना, सिन्धुलीमा ५३ जना, रामेछापमा एक जना, काभ्रेमा ११ जना, सिन्धुपाल्चोकमा ७ जना, नुवाकोटमा १० जना र धादिङ जिल्लामा २७ जना गरी ४ सय ११ जना पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले बताएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा पनि पक्राउ पर्नेहरूको संख्या बढेको देखिन्छ। प्रहरी प्रवक्ता रेग्मीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ५ सय ३० जना पक्राउ परेकोमा ३ सय ४३ वटा मुद्दा दर्ता भएको थियो। जसमध्ये लागूऔषध मुद्दा सबैभन्दा बढी मकवानपुरमा १ सय ४९ वटा, चितवनमा १ सय ६ वटा, सिन्धुलीमा ४९ वटा, काभ्रेमा ७ वटा, सिन्धुपाल्चोकमा २ वटा, नुवाकोटमा १ वटा र धादिङ जिल्लामा २९ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाउँछ। यस्तै उक्त वर्ष मकवानपुरबाट २ सय ३० जना, चितवनबाट १ सय ७२ जना, सिन्धुलीबाट ६६ जना, काभ्रेबाट ११ जना, सिन्धुपाल्चोकबाट छ जना, नुवाकोटबाट २ जना र धादिङबाट ४३ जना गरी ५ सय ३० जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रेग्मीले बताए।

यस्तै आर्थिक वर्ष २०७९/८० मा ५ सय ५६ जना पक्राउ र तीनसय ६३ वटा लागूऔषधका मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ। उक्त वर्ष मकवानपुरमा १ सय ५३ वटा, चितवनमा १ सय ७ वटा, धादिङमा ४६ वटा, सिन्धुलीमा ३९ वटा, काभ्रेमा १३ वटा, रामेछापमा २ वटा र नुवाकोटमा ३ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा देखिन्छ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गतका विभिन्न जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेका ५ सय ५६ जनामध्ये सबैभन्दा बढी पक्राउ पनि मकवानपुर र चितवनमा जिल्लामा देखिन्छ। प्रदेश प्रहरी प्रवक्ता रेग्मीका अनुसार उक्त वर्ष मकवानपुरबाट २ सय ५० जना, चितवनबाट १ सय ६४ जना, सिन्धुलीबाट ४९ जना, रामेछापबाट दुई जना, काभ्रेबाट २१ जना, नुवाकोटबाट ९ जना र धादिङबाट ६१ जाना पक्राउ परेको उनले बताए।

बागमती प्रदेशमा उपत्यकका बाहेकका जिल्लाहरू मकवानपुर र चितवन जिल्ला लागूऔषध खेतीको पनि ‘हब’ बन्दै गएको छ। यी दुई जिल्लामा गाँजा, अफिमलगायत लागूऔषध खेती मौलाएको छ। चेतनाको कमी, कम सयममा धेरै पैसा कमाउने लोभ, अशिक्षालगायत कुराहरूले प्रदेशमा लागूऔषधको खेतीसँगगै तस्करहरूसमेत बढेको रेग्मीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.