साउदीमा मनाइयो संविधान दिवस

साउदीमा मनाइयो संविधान दिवस
सुन्नुहोस्

साउदी :  नेपाली दूतावास रियादले साउदी अरेबियामा नवौं संविधान दिवस मनाएको छ । साउदीको रियाद सहरस्थित कुटनीतिक क्वार्टरस्थित सांस्कृतिक दरबारमा  संविधान दिवस मनाएको हो । संविधान दिवस असोज ३ गते पर्ने भए पनि साउदीमा भने समय अनुकूल पारेर शुक्रबार सो कार्यक्रम गरेको हो।

कार्यक्रममा साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले संविधानले सबै समुदाय,जाति र लिंगका लागि समान अधिकार  र प्रतिनिधित्व सुनुश्चित गर्दै आर्थिक विकासको मार्ग प्रशस्त गरेको बताए। कार्यक्रममा  बोल्दै राजदूत सुवेदीले  नेपाल–साउदी अरेबियाबीच सौहार्दता,मित्रता र सहयोगको उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेकोको औंल्याए। 

हाल साउदी अरबमा झण्डै ४ लाख नेपालीले रोजगारी पाएको भन्दै राजदूत सुवेदीले नेपाली नागरिकको हितका लागि निरन्तर सहयोग र अभिनन्दन गरेकोमा साउदी सरकारप्रति आभार व्यक्त गरे। उनले सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धारमा सहयोग गरेकोमा साउदी सरकारलाई धन्यवाद दिए।

साउदी अरब सरकारले साउदी भिजन २०३० को रुपमा लिएका विकास पहल,आर्थिक सुधार र सामाजिक कल्याणकारी योजनाहरूको पनि राजदूत सुवेदीले प्रशंसा गरेका थिए । साथै  नेपाल र साउदी अरबबीच पर्यटन, लगानी र व्यापारका लागि महत्वपूर्ण अवसर रहनुको साथै पर्यटन व्यवसायी र व्यापारिक संस्थालाई नेपालमा विदेशी लगानीका अवसर खोजिनुपर्नेमा जोड दिए।

राजदूत सुवेदीले नेपाल सरकारले उदार व्यापार नीतिलाई सक्रियताका साथ लागू गर्ने,महशुल घटाउने,कर व्यवस्थालाई सरल बनाउने र व्यापारसँग सम्बन्धित पूर्वाधारमा ध्यान दिएको भन्दै  द ग्रेट कर्णाली क्वेस्ट, यसै वर्ष नोभेम्बरमा हुने भनिएको रोमाञ्चक २४८ किलोमिटर ह्वाइटवाटर र्‍याफ्टिङ प्रतियोगिताको बारे जानकारी दिएका थिए।

समारोहमा रियाद प्रान्तका मेयर राजकुमार फैसल बिन अब्दुलाजिज बिन मोहम्मद बिन अयाफ अल मुक्रिन, साउदी अरेबियाको परराष्ट्र मन्त्रालयका प्रोटोकल मामिला उपमन्त्री,सरकारका उच्चस्तरीय सरकारी अधिकारीहरू, साउदी अरेबियाका राजदूत तथा नियोग प्रमुख, कूटनीतिक समुदायका प्रमुख,अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि,व्यापारीलगायत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.