नेपालमा ईएसजी एण्ड सस्टेनेबल फाइनान्सिङ कोर्ष सुरु

नेपालमा ईएसजी एण्ड सस्टेनेबल फाइनान्सिङ कोर्ष सुरु
सुन्नुहोस्

काठमाडौ : नेपालमा दिगो वित्त पोषण अर्थात सस्टेनेबल फाइनान्सिङलाई केन्द्रित गर्दै ईएसजी सर्टिफिकेशन कोर्ष सुरु भएको छ। 

वातावरणीय, सामाजिक र सुशासन (ईएसजी-ईन्भाईरोमेन्ट सस्टेनेबल गभर्नेन्स)मा आधारित यो कोर्षले वित्तीय र लगानीलाई दिगो बनाउन मद्दत गर्ने छ। नेपाल बैंकर्स संघ र बार्सेलोना स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा ईएसजी सर्टिफाईड पाठ्यक्रम सञ्चालन गर्न लागिएको हो। 

नेपाल बैंकर्स संघले ईन्भेष्ट फर ईम्प्याक्ट नेपालको सहकार्यमा आयोजित कार्यक्रममा पोम्पेउ फाब्रा विश्वविद्यालयको बार्सेलोना स्कुल अफ म्यानेजमेन्टद्वारा सञ्चालन गर्ने उक्त कोर्ष सुरुको घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा.निलम ढुंगाना तिम्सिना तथा एफएमओका प्रमुख कार्यकारी अधिकृत मिखेल योङ्गनिलले  संयुक्त रुपमा उक्त कोर्ष सार्वजनिक गरेका थिए। 

पाठ्यक्रम तीनवटा प्रमुख स्तम्भहरू वातावरणीय, सामाजिक र सुशासन (ईएसजी)को ऐतिहासिक विकास र महत्व, नियमनकारी ढाँचा र व्यावहारिक पक्षलाई समेटेर तयार गरिएको संघले बताएको छ। उक्त पाठ्यक्रम नेपालमा सस्टेनेबल फाइनान्सिङ सम्बन्धी ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादन गर्न कोषे ढुंगा सावित हुने विश्वास लिइएको छ।

उक्त कोर्षको सार्वजनिक गर्दै राष्ट्र बैंकका कामु गभर्नर डा. ढुंगाना तिम्सिनाले सस्टेनेबल फाइनान्सिङमा राष्ट्र बैंकले लिएका नीतिगत कदमहरूलाई यसले अझ प्रभावकारी बनाउने बताइन्। नेपालको वित्तीय क्षेत्रलाई दिगो वित्तपोषण (सस्टेनेबल फाइनान्सिङ)उन्मुख बनाउन, यसको वर्तमान अवस्थाको मूल्यांकन तथा यससँग सम्बन्धित विषयलाई समाधान गर्दै अगाडि बढ्ने विषयका बारे जानकारी दिइन्। 

नेपाल बैंकर्स संघ र ईन्भेष्ट फर ईम्प्याक्ट नेपालद्वारा संयुक्त रुपमा आयोजित ‘मुभिङ टुवार्डस सस्टेईनेवल फाईनान्सीङ ईन नेपाल’ कार्यक्रममा  संघका अध्यक्ष सुनिल केसीले वर्तमान परिवेशमा  दिगो वित्तपोषण (सस्टेनेबल फाइनान्सिङ)बाट बैंक तथा वित्तीय संस्थाहरू मात्र नभई हरेक सरोकारवालाहरू  दीर्घकालीन रूपमा लाभान्वित हुने बताए। 

कार्यक्रममा भारतको ईन्भाईरोमेनट म्यानेजमेन्ट सेन्टर (ईएमसी)का प्रबन्ध निर्देशक डा. प्रसाद मोदकले नेपालको बैंकहरूमा ईएसजी कार्यान्वयनको वर्तमान अवस्था, प्राप्त उपलब्धीहरू र यसमा सुधार गर्नुपर्ने पक्षहरूलाई समेटेर नेपाल बैंकर्स संघ र आईआईएनको सहयोगमा गरिएको ईएसजी बैंकमार्किङ अध्ययनको सारांश प्रतिवेदन प्रस्तुत गरे। 

त्यसै गरि सस्टेनेबल फाइनान्सिङसँग सम्बन्धित विविध पक्षलाई समेट्दै यसको अन्तर्राष्ट्रिय अभ्यासको बारे बार्सेलोना स्कुल अफ म्यानेजमेन्टका प्राडा मार्कोस इगुइगुरेनले प्रस्तुति दिए। 

यस्तै, एफएमओका प्रमुख कार्यकारी अधिकृत मिखेल योङ्गनिलले सस्टेनेबल फाइनान्सिङ का सम्बन्धमा संस्थाले गर्दै आइरहेको कार्यक्रम तथा सहकार्य बारे बताए।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.