दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज अन्तिम साता, स्टल बुकिङ खुला

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज अन्तिम साता, स्टल बुकिङ खुला
सुन्नुहोस्

काठमाडौं : 'दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०' असोज अन्तिम साता  हुने भएको छ।  हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा असोज २६ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागेको हो।

एक्स्पोमार्फत् स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनलाई प्रदर्शनी मार्फत् परिचित गराई विश्व बजारमा पहुँच गराइ निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।

एक्स्पोमा हस्तकलाजन्य सामग्री,अल्लो,सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेसाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले जानकारी दिए।

यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्री पनि राखिनेछन्।

यसका साथै पस्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र संस्कृतिसँग सम्बन्धित विषयवस्तु प्रदर्शनीका आकर्षणका रुपमा रहने आयोजक पक्षले जनाएको छ ।

एक्स्पोमा पाँच सय बढी विदेशी क्रेताहरू (अमेरिका, क्यानडा, यूरोप, चीन, भारतलगायत अन्य देशहरूबाट) आउने आयोजक पक्षले जनाएको छ।

यस्तै प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरूलाई डिजिटल कारोबारमा अभ्यस्त बनाउन विशेष प्याकेज ल्याइएको छ । निःशुल्क रजिष्ट्रेसन गरी प्रदर्शनीस्थलमा प्रवेश गर्ने अवलोकनकर्तालाई एक सय रुपैयाँको अनलाइन सपिङ भौचार उपलब्ध गराइने भएको छ । 

सो भौचारमार्फत् अवलोकनकर्ताले इन्टरनेशनल एक्स्पोमा रहेका स्टलहरूमा सामान तथा वस्तु खरिदका लागि प्रयोग गर्न सक्ने हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीका संयोजक अधिकारीले बताए।

अर्नसिक्का नामक डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा एक्स्पोको डिजिटल कारोबारमा साझेदारी गर्न लागिएको छ । नेपालको प्राचीन स्मारक एवं सम्पदा, मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनप्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रिय स्तरमा परिचित गराइ एक्स्पोस्थल लिएर उपयुक्त स्थानहरूमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी व्यापार गर्न गराउन इच्छुक सबैमा स्टल बुकिङ खुल्ला गरिएको छ ।

गत वर्ष एक्सपोमा ३५० जना विदेशी क्रेताहरुले भ्रमण गरेका थिए । जसबाट पर्यटन विकास एवं नेपाली उत्पादनले विश्व बजारमा पहिचान हुने अवसर प्राप्त गरेको थियो ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय स्टलहरू राखिनेछन् । एक्स्पोको क्रममा हस्तकलासम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेताबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ ।

विश्वका विभिन्न देशहरूबाट क्रेताहरू भित्र्याउने र बढी भन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीसँग सम्बन्ध विस्तार गराउने प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.