क्यानेडियन गायक शुभको मुम्बइ कन्सर्ट रद्द, खालिस्तानीलाई समर्थन गरेको आरोप

क्यानेडियन गायक शुभको मुम्बइ कन्सर्ट रद्द, खालिस्तानीलाई समर्थन गरेको आरोप
तस्बिर : एजेन्सी
सुन्नुहोस्

एजेन्सी : क्यानेडियन गायक  शुभनीत सिंहको भारतमा हुने भनिएको कन्सर्ट रद्ध भएको छ।  २६ वर्षीय सिंहमाथि खालिस्तानियाकाे समर्थन गरेको आरोप लागेपछि मुम्बइमा हुने भनिएको उनको कन्सर्ट रद्ध भएको हो।

सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ। उनले केही समयअघि सामाजिक सञ्जालमा भारतको विवादित नक्सा सेयर गरेको बताइएको छ। जसमा पञ्जाव र जम्मू कश्मीरलाई नक्साबाट हटाएको देखाएको थियो। यो पोस्टपछि उनी झनै विवादमा तानिएका हुन्।

भारतीय जनता युवा मोर्चाका कयौं सदस्यले शुभनीतले खालिस्तानियाको समर्थन गरेको दावी गरेका छन्।  यो आरोपपछि फ्यानदेखि सेलिब्रेटीसम्म सबै उनीप्रति आक्रोशित भएका छन्। धेरै ठूला कम्पनीले पनि गायकमाथि आक्रोश पोखेका छन्।

उनको यही असोजमा मुम्बइमा एक ठूलो कन्सर्ट हुन लागेको थियो। जसको टिकट पनि बिक्री भइसकेको छ। तर, गायकमाथि  खालिस्तानियाकाे समर्थन गरेको आरोप लागेपछि प्रायोजक 'बोट इण्डिया' ले एक विज्ञप्ति जारी गर्दै शुभनीतको भारतमा हुने कन्सर्टलाई अब प्रायोजन नगर्ने  र उक्त कन्सर्ट रद्ध भएको जानकारी गराएको छ।

शुभनीत पंजाबी  गायक हुन्। उनको जन्म १९९७ मा पञ्जाबमा भएको थियो। तर, उनी हाल क्यानडा बस्छन्।  शुभनीतका गीतहरू भारतमा निकै लोकप्रिय छन्।  फ्यानहरूले उनलाई शुभको नामले चिन्छन्। उनले २०२१ मा इरमान थियारासँगको 'डन्ट लुक'बाट आफ्नो गायन करियर सुरू गरेका थिए।

पृथकतावादी खालिस्तानी नेता हरदीपसिंह निज्जरको हत्या विवादले क्यानडा र भारतबीच विवाद सुरू भएको छ। सोही प्रकरणलाई लिएर दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई देश निकाला गरेका छन् भने आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन एडभाइजरी सार्वजनिक समेत गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.