शिक्षकका माग पूरा गर्न सरकार सकारात्मक : गृहमन्त्री श्रेष्ठ

शिक्षकका माग पूरा गर्न सरकार सकारात्मक : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण र व्यवस्थीत रुपमा आन्दोलनका कार्यक्रम गर्न आन्दोलनकारी शिक्षकलाई आग्रह गरेका छन्।

बिहीबार सिंहदरबारमा आन्दोलनरत शिक्षकहरूसँग भएको छलफलका क्रममा श्रेष्ठले आन्दोलनकारी शिक्षकहरुको माग पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै आन्दोलन गर्नै पर्दा शान्तिपूर्ण र व्यवस्थीत रुपमा गर्न आग्रह गरेका हुन्।

शिक्षकहरुको आन्दोलनका कारण बुधबार राजधानीको सवारी आवागमनको अवस्था अस्तव्यस्त भएपछि गृहमन्त्री श्रेष्ठले आन्दोलनकारी शिक्षकलाई सिंहदरबार बोलाएका थिए।

सो क्रममा शान्ति सुरक्षाका विषयमा मात्रै केन्द्रीत भएको शिक्षक संगठनका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिए । उनले आफ्ना मागका बारेमा संसदबाट नै समाधान निकाल्नुपर्ने बताए।

छलफलका क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले शिक्षकलाई आन्दोलन फिर्ता लिएर विद्यालय सुचारु गर्न पनि आग्रह गरेका थिए। शिक्षक महसंघले भने  विद्यालय शिक्षा विधेयक फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पारेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.